जुवाखालबाट लाखौं रकम सहित प्रहरी नै पक्राउ परेपछि…

जुवाखालबाट लाखौं रकम सहित प्रहरी नै पक्राउ परेपछि…

काठमाडौँ । बुटवलबाट लाखौँ रकम सहित केही प्रहरीहरुलाई जुवाखालबाट पक्राउ गरिएको छ । विभिन्न स्थानमा हानिएको छापाको क्रममा इलाका प्रहरी कार्यालय बुटवलले जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीसहित केही व्यक्तिहरुलाई पक्राउ गरेको हो । । इलाका प्रहरी कार्यालयका अनुसार सोमबार पौने २ बजे बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगरमा खेलाइएको जुवाखालबाट प्रहरी जवान गोपीकृष्ण नेपालसहितका ४ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ५१ हजार सात सय ७५ रुपैयाँ बरामद गरिएको र सबैलाई जुवा ऐन २०२० अन्तर्गतको कसुरमा रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान चलिरहेको इप्रकाले जनाएको छ । त्यस्तै,…

Read More

नेपाली नागरिकसँग विवाह गर्ने विदेशीलाई गैर पर्यटकीय भिसा दिन सर्वोच्चको आदेश

नेपाली नागरिकसँग विवाह गर्ने विदेशीलाई गैर पर्यटकीय भिसा दिन सर्वोच्चको आदेश

नेपाली नागरिकसँग विवाह गरेका विदेशीलाई गैर पर्यटकीय भिसा दिन अध्यागमन विभागलाई सर्वोच्च अदालतले आदेश दिएको छ । कन्चनपुर महेन्द्रनगरकी सुमन पन्तले गत चैत २० मा दायर गरेको रिटमा फैसला गर्दै आनन्द मोहन भट्टराई र टंक मोक्तानको इजलासले समलिंगी विवाह गरेर आएका विदेशीलाई गैर पर्यटकीय भिसा दिन आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ। यद्यपी उक्त आदेशको पूर्ण पाठ भने आएको छैन। पन्तले लेस्ली मेल्निक नाम गरेकी अमेरिकी नागरिकसँग २ वर्षअघि विवाह गरेका थिइन्। विवाहको एक वर्षपछि सुमन र लेस्ली नेपाल आएका थिए। केही समय लेस्ली पर्यटक भिसामै नेपाल बसिन्। त्यसपछि भने…

Read More

गोंगबु शान्ति चोकबाट हातहतियार सहित ४ जना पक्राउ

गोंगबु शान्ति चोकबाट हातहतियार सहित ४ जना पक्राउ

काठमाडौं । गोंगबुको शिवमन्दिरबाट हातहतियार सहित चार जना व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको दोरम्बाका १९ वर्षिय भिम भन्ने जीबन श्रेष्ठ, सोही ठाउँका सुबास लामा योन्जन, मकवानपुर भिमफेदीका कुमार अधिकारी र काभे्रको छेडा घर भएका राज भन्ने टिका श्रेष्ठ रहेका छन् । उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारेर शरिर खानतलासी गर्दा जीबन श्रेष्ठले बोकेको झोलाबाट कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग भएको गोली एक थान बरामद भएको थियो । सो समूहले प्रयोग गर्दै आएको ना. ३७ प ९३८० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । शान्ति चोकबाट…

Read More

काँग्रेस एकजुट भए गठबन्धनलाई सजिलै हराउन सकिन्छः डा.कोईराला

काँग्रेस एकजुट भए गठबन्धनलाई सजिलै हराउन सकिन्छः डा.कोईराला

वाम गठबन्धन बने पनि काँग्रेसले निर्वाचन जित्ने काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाले बताएका छन् । सर्लाहीका दिनेश सिंहलाई पार्टी प्रवेश गराउँदै कोइरालाले एक भएर निर्वाचन लड्दा कांग्रेस आत्तिनु नपर्ने बताएका हुन् । भारतको कोलकातामा बसेर उद्योग व्यवसाय गरेका सिंह सोमबार नेपाली काँग्रेस प्रवेश गरेका हुन् । ‘वामपन्थीले तालमेल गरेर ध्रुवीकरण गरे । तर, यसबाट कांग्रेस आत्तिनुपर्ने अवस्था छैन ।’ कोइरालाले भने,कांग्रेस एकजुट भएर निर्वाचन लड्दा हामी जित्छौँ ।’ कोइरालाले आफ्नै निवास महाराजगन्जमा सोमबार आयोजित कार्यक्रममा सिंहलाई कांग्रेसको साधारण सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् ।

Read More

चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश

चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार मुलुकका नवनियुक्त आवासीय र गैरआवासीय राजदूतले सोमबार आआफ्ना ओहदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालका लागि नर्वेका नवनियुक्त आवासीय राजदूत ल्यासे बिजोर्न जोहान्नेस्सन, जर्मनीका रोलान्ड स्काफर, युरोपेली संघका भेरोनिका कोदी र न्युजिल्यान्डका गैरआवासीय राजदूत जोन्ना मेरी केम्प्कर्सले सो प्रमाणपत्र पेश गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेले जानकारी दिए ।

Read More

प्राविधिक शिक्षामा लगानी बढाइने

प्राविधिक शिक्षामा लगानी बढाइने

काठमाडौँ | शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले प्राविधिक शिक्षा क्षेत्रमा सरकारले लगानी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ विषयको छलफल कार्यक्रममा राज्यमन्त्री अधिकारीले विश्व परिवेश सुहाउँदो प्राविधिक र व्यावसायिक शिक्षाको विकास गरी मुलुकका बेरोजगारी अन्त्य गर्न लगानी बढाउन आवश्यक रहेकामा जोड दिनुभयो । प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद्का सदस्य सचिव पुष्परमण वाग्लेले यस क्षेत्रमा विद्यार्थी र बजारको माग बढेकाले सरकारले लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिहं महरले सरकारले अध्यादेशबाट ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकमा नयाँ…

Read More

डराउनुपर्दैन ! कोलेस्ट्रोल र ट्राइग्लिसेराइड खानपानबाटै नियन्त्रण हुन्छ

डराउनुपर्दैन ! कोलेस्ट्रोल र ट्राइग्लिसेराइड खानपानबाटै नियन्त्रण हुन्छ

डा. दीपेश प्रधान, मुटुरोग विशेषज्ञ उच्च कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको प्रमुख कारण हाम्रो खानपान नै हो । खानपिनमा सुधार गरे विनाऔषधि कोलेस्ट्रोल नियन्त्रण गर्न सकिन्छ । औषधि खानैपर्ने अवस्थामा डाक्टरको सल्लाह लिनु जरुरी छ । ट्रायल पिरियड ३ देखि ६ महिनामा खानाबाट नियन्त्रण नभए औषधिको प्रयोग गर्नु उचित हुन्छ । अत्यधिक उच्च कोलेस्ट्रोल र ट्राइग्लिसेराइड देखिएमा थोरै समयका लागि चिकित्सकको परामर्शअनुसार औषधि सेवन गरी, जीवनशैलीमा परिवर्तन गरेर यसलाई नियन्त्रणमा राख्नु राम्रो हुन्छ । कोलेस्ट्रोल र ट्राइग्लिसेराइड बढी भएमा हार्टअट्याक भई मान्छेको ज्यानैसमेत जान सक्छ । त्यसकारण निम्नलिखित कुरा अपनाउन जरुरी छ…

Read More

पृथ्वी सुब्बा गुरुङ भन्छन् प्रदेश नं ४ को मुख्यमन्त्री म हुँ !

पृथ्वी सुब्बा गुरुङ भन्छन् प्रदेश नं ४ को मुख्यमन्त्री म हुँ !

लमजुङ । नेकपा (एमाले)का सचिव पृथ्वीसुब्बा गुरुङले आफू प्रदेश नं ४ को मुख्यमन्त्री बन्ने जिकिर गरेका छन् । सदरमुकाम बेंसीशहरमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले जिल्लाको समृद्धि र उत्थानलाई पहिलो प्राथमिकता राखेर प्रदेशसभा निर्वाचनमा आफू क्षेत्र ‘ख’बाट चुनावी मैदानमा उत्रिएको बताए । कार्यक्रममा लमजुङबाट प्रतिनिधिसभा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य देवप्रसाद गुरुङले आफू लमजुङमै हुर्किएको भन्दै पराइ नठान्न आग्रह गरे । नेकपा (एमाले) लमजुङका अध्यक्ष तथा प्रदेशसभा कका उम्मेदवार धनञ्जय दवाडीले जिल्लाको विकास निर्माणको अभिभारा एमालेले लिएको बताए ।

Read More

प्रजातन्त्रवादी पक्षधरलाई एक हुन गच्छदारको आग्रह

प्रजातन्त्रवादी पक्षधरलाई एक हुन गच्छदारको आग्रह

इटहरी | नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले सबै प्रजातन्त्रवादी पक्षधर एक भएर लोकतन्त्र रक्षाका लागि ऊर्जाशील भएर एकीकृत बन्न जरुरी रहेको बताउनुभएको छ । कांग्रेस सुनसरीले जिल्ला सदरमुकाम इनरुवामा सोमबार आयोजना गरेको चियापान तान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संविधान कार्यान्वयनका लागि एक जुट बनेर आगामी निर्वाचनमा प्रजातन्त्रवादीको जित निकाल्न कार्यकर्तालाई आग्रह गर्नुभयो । अर्का नेता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र वाणिज्यमन्त्री मीन विश्वकर्माले मुलुकलाई आर्थिक र सांस्कृतिक रुपमा समृद्ध मुलुक बनाउने महत्वपूर्ण अभिभारा कांग्रेसले निर्वाह गर्दै आएको बताउनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य गुरुराज…

Read More

शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४ प्रमाणीकरण

शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४ प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४’ प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको जानकारी दिनुभयो । व्यवस्थापिका–संसद्को बैठकबाट केही समयपहिले उक्त विधेयक पारित भएको थियो ।

Read More