अमेरिकाको पक्षमा नलाग्न अष्ट्रेलिया लगायत देशलाई कोरियाले चेतावनी दिँदै पत्र लेखेपछि..

अमेरिकाको पक्षमा नलाग्न अष्ट्रेलिया लगायत देशलाई कोरियाले चेतावनी दिँदै पत्र लेखेपछि..

एजेन्सी । अमेरिकाको पक्षमा नलाग्न भन्दै उत्तर कोरियाले विभिनन मुलुकहरुलाई चेतावनी दिउको छ । आफ्नो परमाणु कार्यक्रमका बारेमा लेख्दै केही देशहरुलाई पत्र पठाएको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । उत्तर कोरियाले दिएको चेतावनी अस्ट्रेलिया र इन्डोनेसियाले पत्रको व्यहोरा सञ्चारमाध्यममार्फत सार्वजनिक गरेका छन् । अस्ट्रेलियाका विदेशमन्त्री जुली विशपको सामाजिक सञ्जाल फेसबुकमा उत्तर कोरियाले अस्ट्रेलियालाई पठाएको पत्र सार्वजनिक गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पत्रमा उत्तर कोरियाले आफूलाई परमाणु हतियार सम्पन्न मुलुक घोषणा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वलाई परमाणु युद्धतिर धकेलिरहेको आरोप लगाइएको छ । पत्रमा उत्तरकोरियाले आफुलाई झुकाउनका लागि…

Read More

यसकारण सोमबारबाट प्रचण्डलाई १ वर्षको कैद सजाय तोकिन सक्छ !

यसकारण सोमबारबाट प्रचण्डलाई १ वर्षको कैद सजाय तोकिन सक्छ !

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चमा परेको रिटमाथी भोली अन्तिम सुनुवाई हुने भएको छ । सत्यनिरुपण आयोगको क्षेत्राधिकार सम्बन्धमा सर्वोच्चले गरेको निर्णय विरुद्ध प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको मानहानी गरेको भन्दै रिट दायर भएको थियो । माओवादी घटकहरुको एक कार्यक्रममा प्रचण्डले ‘शान्ति प्रक्रियाको भावना विपरित जान अदालतलाई कसले छुट दियो ? अदालतको आदेश मान्दैनौ’ भन्ने खालको अभिव्यक्ति दिएको दावी सो रिटमा गरिएको छ । अदालतको आदेश विरुद्ध अभिव्यक्ति दिएको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ साल जेठमा सर्वोच्चमा मुद्धा हालेका थिए । अदालतको मानहानीमा…

Read More

पूर्वी रुकुममा पनि माओवादीबाट बागी उम्मेदवार, ११ जनाले उम्मेदवारी दर्ता गरे

पूर्वी रुकुममा पनि माओवादीबाट बागी उम्मेदवार, ११ जनाले उम्मेदवारी दर्ता गरे

रुकुम । रुकुम पूर्व बाट प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यका लागि माओवादी केन्द्रका दुई जनाले बागी उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाको १ र प्रदेश सभाको २ गरी जम्मा तीन पदका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा माओवादीका माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तेजेन्द्र खाममगरले प्रतिनिधिसभा सदस्य र माओवादीको पुथा उत्तरगंगा गाउँपालीका अध्यक्ष पुणिराज घर्तीले प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट बागी उम्मेदवारी दिएका छन् । वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि माओवादी केन्द्रका कमला रोकाको उम्मेदवारी मनोनयन दर्ता भएको छ…

Read More

गोरखाको लापुमा भाइरल ज्वरोको प्रकोप एकको मृत्यु, दुई सय बढी बिरामी

गोरखाको लापुमा भाइरल ज्वरोको प्रकोप एकको मृत्यु, दुई सय बढी बिरामी

गोरखा | गोरखाको धार्चे गाउँपालिका–७ लापु गाउँमा एक सातादेखि फैलिएको ज्वरो, रुघाखोकीको प्रकोपले एक जनाको मृत्यु भएको छ । प्रकोपबाट एकको मृत्यु भइसकेको छ भने दुई सय भन्दा धेरै बिरामी भएको स्थानीय शिक्षक वीरबल गुरुङले जानकारी दिए। भाइरलबाट आफ्नै आमा ५० बर्षकी पुनमानी गुरुङको शनिबार राति मृत्यु भएको शिक्षक गुरुङले जानकारी दिए। दुई सय भन्दा धेरै घरधुरी रहेको लापुमा ज्वरो, रुघाखोकीबाट घरैपिच्छे बिरामी रहेका छन् । घरैपिच्छे बिरामी भए पनि गाउँको स्वास्थ्यचौकीमा स्वाथ्यकर्मी भने एकजना मात्र छन्। घरघरै बिरामी भएकाले उपचार सेवा दिनमा कठिनाइ भएको छ। ‘गाउँको स्वास्थ्य संस्थामा एक जना…

Read More

नेपाललाई तेक्वान्दोमा नौवटा स्वर्ण

नेपाललाई तेक्वान्दोमा नौवटा स्वर्ण

काठमाडौँ | थाइल्यान्डमा सम्पन्न सातौँ तिराक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले तेक्वान्दोमा ६ स्वर्ण, ६ रजत र ९ काश्यगरी कुल २१ पदक जितेको छ । थाइल्यान्डको बैंककमा सम्पन्न च्याम्पियनसिपमा नेपालले फाइट र पुम्सेमा समान ३–३ स्वर्ण गरी कुल ६ स्वर्ण हात पारेको थियो । फाइटतर्फ अजित गुप्ता तेली, रेखमाया गुरुङ र पार्वती गुरुङले स्वर्ण जितेका थिए । फाइनलमा अजितले पुरुष ४६ किलोतर्फ चीन, रेखमायाले महिला ६७ किलोमुनितर्फ इन्डोनेसिया र पार्वतीले महिला ५३ किलोमुनितर्फ श्रीलंकालाई हराउँदै स्वर्ण जितेको चितवन तेक्वान्दो कार्यसमितिका उपाध्यक्ष एवम् टिमका प्रशिक्षक रोशन खानले जानकारी दिनुभयो । पुम्सेतर्फ नरमाया गुरुङ, जस्मीन…

Read More

व्यापक सहभागितामा मनोनयन दर्ता: निर्वाचन आयोग

व्यापक सहभागितामा मनोनयन दर्ता: निर्वाचन आयोग

काठमाडौँ | निर्वाचन आयोगले आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मनोनयन दर्ता कार्यक्रम राजनीतिक दल र उम्मेदवारको निकै उत्साहजनक सहभागितामा भएको जनाएको छ । निर्वाचन आयोगमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राजनीतिक दल र उम्मेदवारबीच पारस्परिक सहयोग र हार्दिकताका साथ उम्मेदवारी दर्ता भएको बताउनुभयो । नेपाली जनताको सार्वभौमसत्ता सम्पन्न संसद् गठनका लागि भएको निर्वाचन आफँैमा पनि ऐतिहासिक रहेको बताउँदै उहाँले आजको उम्मेदवारी मनोनयन कार्यक्रम अत्यन्तै शान्तिपूर्ण भएको उल्लेख गर्नुभयो । निर्वाचन आयोगमा प्राप्त प्रारम्भिक सूचनाअनुसार ४५०…

Read More

धनगढी–अत्तरिया सडकको राजपुरमा साइकलबाट लडेर मृत्यु

धनगढी–अत्तरिया सडकको राजपुरमा साइकलबाट लडेर मृत्यु

धनगढी | धनगढी–अत्तरिया सडकको राजपुर भन्ने ठाउँमा आज भएको दुर्घटनामा कञ्चनपुर जिल्ला गुलरियाका ३० वर्षीय किट्टु राजीको मृत्यु भएको छ । आफू नजिकै ना ४ ख ३३३९ नम्बरको बस देखेर अत्तालिएर अनियन्त्रित हुन पुगेका साइकलयात्री किट्टुुको सडकमै लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो । उनको टाउको कालोपत्र सडकमै ठोक्किएपछि मृत्यु भएको बताइएको छ । साइकल पछाडि बसेका धनगढीका सत्य राजी सामान्य घाइते हुनुभएको छ । प्रहरीले चालकसहित बसलाई नियन्त्रणमा लिएको छ ।

Read More

पाकिस्तानी सुरक्षा कारबाहीमा कराँचीमा आठ लडाकूको मृत्यु

पाकिस्तानी सुरक्षा कारबाहीमा कराँचीमा आठ लडाकूको मृत्यु

इश्लामावाद | पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा प्रहरीको कारबाहीमा आठ जना लडाकूको मृत्यु भएको छ । शनिबार राति अर्धसैनिक सुरक्षा बल तथा आतङ्कवाद विरोधि प्रहरी विभागले वाल्डिया वजार क्षेत्रमा आतङ्ककारी लडाकू लुकेर बसेको भन्ने सूचनाको आधारमा चलाएको संयुक्त खानतलासीका क्रममा विद्रोहीले गोली चलाएपछि दोहोरो भीडन्त भएको अर्धसरकारी बलका स्थानीय प्रवक्ताले बताए । सुरक्षाकर्मीले विद्रोही लुकेको ठाउँलाई घेराहाली आतङ्कवादी समूहका लडाकूलाई नियन्त्रणमा लिने क्रममा तीन जना सुरक्षकर्मीसमेत घाइते भएका बताइएको छ । मृतक विद्रोहीको परिचय भने अझै खुलिनसकेको बताइएको छ । रातिको समय भएकाले केही विद्रोही भने भाग्न सफल भएका प्रहरीले…

Read More

वामपन्थी शक्तिको विजय सुनिश्चित: अध्यक्ष ओली

वामपन्थी शक्तिको विजय सुनिश्चित: अध्यक्ष ओली

काठमाडौँ । नेपाल लोकतान्त्रिक फोरमका तत्कालीन महामन्त्री तथा पूर्वराज्यमन्त्री मुस्ताक आलम आज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । पार्टीका अध्यक्ष केपी ओलीले बालकोटमा उहाँलाई स्वागत गर्दै आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी शक्तिको विजय सुनिश्चित रहेको बताउनुभयो । मुलुकको राष्ट्रियता संरक्षणका लागि एमालेले विगतमा निर्वाह गरेको भूमिकाका कारण अहिले उक्त पार्टीमा विभिन्न दलका नेता तथा कार्यकर्ताको प्रवेशको लहर चलेको विचार उहाँले व्यक्त गर्नुभयो । उपाध्यक्ष वामदेव गौतमले पार्टीले लिएका सिद्धान्त र वैचारिक दृष्टिकोणले जनताको स्वाभिमान र राजनीतिक अधिकारलाई सुरक्षित गरी देशलाई आर्थिक समृद्धितर्फ लैजानसक्ने बताउनुभयो । पूर्वराज्यमन्त्री…

Read More

म्याग्दीमा ३ सिटका लागी १८ उम्मेदवारी, काँग्रेस-राप्रपा र एमाले-माओवादी केन्द्र गठबन्धन

म्याग्दीमा ३ सिटका लागी १८ उम्मेदवारी, काँग्रेस-राप्रपा र एमाले-माओवादी केन्द्र गठबन्धन

म्याग्दी । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि आईतबार म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उमेद्वारहरुले उत्साहजनक रुपमा उम्मेद्वारी दर्ता गरेका छन् । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेको म्याग्दीको बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको हो । प्रतिनिधि र प्रदेशसभा गरि तीन सिटको लागि १८ जनाले उमेद्वारी दर्ता गराएका छन् । जिल्ला स्थित राजनीतिक दलहरुले पार्टीको केन्द्रिय स्तरमा भएको चुनाबी तालमेल र एकता अनुसार उम्मेदवारी दर्ता गराएका छन् । बाजागाजा र कार्याकर्ताको -याली सहित मुख्य निर्वाचन अधिकृतको…

Read More