नेपालमा थोरै लगानीमा धेरै पैंसा कमाउने नौलो पेशा

नेपालमा थोरै लगानीमा धेरै पैंसा कमाउने नौलो पेशा

काठमाडौँ । के तपाईं सामान्य लगानीमा चाँडो र राम्रो मुनाफा गर्न सकिने कुनै कृषि व्यवसायको खोजीमा हुनुहुन्छ रु यदि त्यसो हो भने तपाईंका लागि थारो भैंसीपालन साह्रै उपयुक्त व्यवसाय हुन सक्छ । नेपालमा अहिलेसम्म कसैले नगरेको र कम मिहिनेतमा राम्रो मुनाफा गर्न सकिने व्यवसाय हो यो । यस व्यवसायमा श्रमिकको पनि खासै उल्लेख्य आवश्यकता पर्दैन । पछिल्लो एक अध्ययनअनुसार दूधको माग बढ्दै गए पनि माउ भैंसीको संख्या घट्दै गएको छ । कृषकहरुले महँगो मूल्यमा किनेर लैनो हुन्जेल पाल्ने अनि थारो भएपछि मासुको भाउमा कसाइलाई बेच्ने गरेका कारण माउ भैंसीको संख्या…

Read More

गाई भैंसीका पाडा बाछाको न्वारन हुन्छ काठमाण्डौमा

गाई भैंसीका पाडा बाछाको न्वारन हुन्छ काठमाण्डौमा

मानिसको बच्चा जन्मिएपछि धार्मिक विधिअनुसार न्वारान गर्ने प्रचलन छ, तर काठमाडौंको एउटा मन्दिरमा गाई वा भैंसीबाट जन्मिएका बाछा वा पाडाको पनि न्वारन गरिन्छ । रत्नपार्कबाट करिब १० किलोमिटर टाढा पर्ने गोकर्ण नगरपालिकाको चन्द्रेश्वर मन्दिरमा यस्तो चलन छ । पाडापाडी वा बाच्छाबाच्छीको ११ दिनमा विधिअनुसार न्वारन गरिदिए कुनै किसिमको अप्रिय घटना नहुने विश्वास गरिन्छ । राजा मानदेवले चलाएको यो चलनलाई नेवारी भाषामा ‘सातुबु ब्येग्यो’ भनिन्छ ।

Read More

नेपाली काँग्रेस र लोकतान्त्रिक फोरमबीच सोमबार पार्टी एकीकरण

नेपाली काँग्रेस र लोकतान्त्रिक फोरमबीच सोमबार पार्टी एकीकरण

काठमाडौँ | नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच सोमबार पार्टी एकता हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बेलुकासम्म पार्टी एकताका लागि गरिएको द्विपक्षीय वार्ता निष्कर्षमा पुग्न नसकेकाले पार्टी एकता हुन सकेन । “काँगे्रस र लोकतान्त्रिक फोरमबीचमा अहिले सघन वार्ता चलिरहेको छ, भोलि औपचारिक रूपमा दुई पार्टीबीच भएको सहमति सार्वजनिक गरिनेछ”– छलफलमा सहभागी काँग्रेसका नेता महेश आचार्यले भन्नुभयो ।

Read More

यी हुन समानुपातिक निर्वाचनतर्फ उम्मेदवारको बन्दसूची बुझउने दलहरु (सूचीसहित)

यी हुन समानुपातिक निर्वाचनतर्फ उम्मेदवारको बन्दसूची बुझउने दलहरु (सूचीसहित)

काठमाडौँ | आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या ५५ पुगेको छ । निर्वाचन आयोगका अनुसार, विवेकशील साझा पार्टी, नेपाः राष्ट्रिय पार्टी र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले पनि बन्दसूची बुझाएका छन् । ती तीनवटै पार्टी तोकिएकै समयभित्र निर्वाचन आयोगमा पुगेर धरौटीबापतको शुल्क बुझाए पनि उम्मेदवारको बन्दसूचीको क्रम मिलाउन केही ढिलाइ भएको थियो । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर १० र २१ गते एकैपटक दुई चरणमा हुँदैछ । प्रतिनिधिस भामा ११० र प्रदेश सभामा २२० जना समानुपातिक निर्वाचन…

Read More

विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्ले काँग्रेसबाट उम्मेदवार

विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्ले काँग्रेसबाट उम्मेदवार

काठमाडौं । नेपाली काँग्रेसले महोत्तरी क्षेत्र नम्बर १ बाट नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक काफ्ले काँग्रेसका महासमिति सदस्य पनि हुन । इन्जिनियर एशोसियशनको उपमहासचिव र प्रजातन्त्रवादी इन्जिनियर एशोसियशनको संस्थापक महासचिव, पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति रहेका उनी हाल सोही कलेजमा प्राध्यापन गर्दै आएका छन् ।

Read More

एनआरएनएको नेतृत्वका लागि उम्मेद्वारी दर्ता सुरु

एनआरएनएको नेतृत्वका लागि उम्मेद्वारी दर्ता सुरु

काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता सुरु भएको छ । शनिबारदेखि सुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनमा आज साँझबाट भोलि (सोमबार) बिहान नौ बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ । एनआरएनको अध्यक्षका लागि आज वर्तमान उपाध्यक्ष भवन भट्टले आफ्नो उम्मेदवारी दर्ता गराउनुभयो । अध्यक्षका दाबेदार रहनुभएका जमुना गुरुङ र टिबी कार्कीले भने आइतबार साँझसम्म आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छैन । उहाँहरुले सोमबार बिहान उम्मेदवारी दर्ता गर्ने बताइएको छ । एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र सदस्यहरु रहने…

Read More

राजपा: उम्मेदवार सूचीको दोस्रो नम्बरमा गुण्डा नाइके ‘गोर्खाली डन’

राजपा: उम्मेदवार सूचीको दोस्रो नम्बरमा गुण्डा नाइके ‘गोर्खाली डन’

काठमाडौं | स्थानीय तहको अन्तिम चरणमा भएको २ नम्बर प्रदेशको निर्वाचनमा मात्रै भाग लिएको मधेस आन्दोलनको एक शक्ति राष्ट्रिय जनता पार्टी नेपाल आगामी मंसिरमा हुने प्र्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा विना हिच्किचाहट भाग लिँदैछ । विभिन्न ५५ राजनीतिक दलहरुले निर्वाचन आयोगकमा सामानुपातिक सांसदहरुको सूची बुझाएका छन् । संघ र प्रदेशको निर्वाचनमा भाग लिने तयारीमा रहेको राजपाले पनि आइतबार निर्वाचन आयोगमा समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाएको छ । राजपा निकट स्रोतकाअनुसार बन्दसूचीको पहिलो नम्बरमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नाम रहे पनि दोस्रो नम्बरमा ‘गोर्खाली डन’ले परिचित राजु गोर्खालीको…

Read More

चाउचाउ बनाउने मेसिनमा पेलिएर मजदुरको मृत्यु

चाउचाउ बनाउने मेसिनमा पेलिएर मजदुरको मृत्यु

जितपुर | चाउचाउ बनाउने मेसिनमा पेलिएर आज साँझ एक मजदुरको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–६ थुमुवामा रहेको क्यापिटल फुड प्रालिमा काम गर्ने १८ वर्षीय सुरेश भुजको चाउचाउ बनाउने मेसिन सफा गर्ने क्रममा मेसिनमा पेलिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक केशवराज ज्ञवालीले जानकारी दिनुभयो । लापरबाहीका कारण मजदुरको मृत्यु भएको भन्दै स्थानीयले विरोध प्रदर्शन गर्दै कम्पनी घेरेका छन् ।

Read More

इयूबाट बहिर्गमन बेलायतका लागि प्रतिकुल: क्लिन्टन

इयूबाट बहिर्गमन बेलायतका लागि प्रतिकुल: क्लिन्टन

लण्डन | अमेरिकी डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनले बेलायतको यूरोपियन यूनियन (इयू) बाट हुने बहिर्गमनले बेलायतलाई ‘धेरै ठूलो क्षति’ हुने आइतबार बताएकी छिन्। उनले बहिर्गमनले विभिन्न उद्योग कम्पिनीलाई आफ्ना साधनस्रोतलाई यूरोपतर्फ लग्न बाध्य तुल्याउने बीबीसी टेलिभिजनको आइतबारको प्रशारणका लागि दिएको अन्तर्वार्तामा बताएकी छिन्। बेलायतले इयू छोड्दा यसले आफ्नो व्यापारिक सम्बन्धलाई पुनः व्यवस्थित गर्नुपर्छ जसका कारण संयुक्त अधिराज्यको आर्थिक पक्षमा गम्भीर अवरोध आउनसक्ने क्लिन्टनको भनाई थियो। “मलाई लाग्छ यो बेलायतका लागि धेरै ठूलो वेफाइदा हुन्छ,” क्लिन्टनले भनिन्। “सम्झौता हुन्न भन्नुको अर्थ व्यापारिक सम्झौतालाई महत्व नदिइनु हो अर्थात् बेलायती उत्पादनलाई इयूको सदस्य…

Read More

आगलागीबाट पन्ध्र लाखको क्षति

आगलागीबाट पन्ध्र लाखको क्षति

इनरुवा | सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरमा आइतबार भएको आगलागीमा रु १५ लाख बराबरको क्षति भएको छ । स्थानीय नारायण चौधरीको घरमा आगलागी हँुदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा चौधरीको दुईतले घरमा अचानक आगलागी हुँदा घरभित्र रहेका सुन, चाँदी, अन्नपात, लत्ताकपडालगायतका सामग्री पूर्णरुपमा जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो ।

Read More