एटिएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने टर्कीस नागरिक पक्राउ

एटिएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने टर्कीस नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एटिएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने एक टर्कीस नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले अनाधिकृत रुपमा पैसा निकाल्दै गर्दा ३० वर्षीय टर्कीस नागरिक इक्रिम अरम्यानकीलाई मंगलबार पक्राउ गरी सार्वजनिक गरेको हो । ब्यूरोले पक्राउ परेको व्यक्तिसँग एक हजार २२५ युरो, नौ हजार ७१० अमेरिकन डलर, ३३ हजार इण्डोनेशियन रुपिहा, ३४ वटा एटिएम कार्ड, चार थान मोबाइल र एक थान ल्यापटप बरामद गरेको छ । ब्यूरोले हालसम्म एटिएमबाट ठगीमा चार रोमानियन, तीन टर्किस, दुई बुल्गेरियन, चार माल्दोभियन र दुई भारतीय गरी १५ जनालाई…

Read More

एघार वर्षपछि जिब्रो छेड्ने जात्रा मनाइयो

एघार वर्षपछि जिब्रो छेड्ने जात्रा मनाइयो

भक्तपुर । मध्यपुर थिमिमा ११ वर्षपछि आज जिब्रो छेड्ने जात्रा मनाइएको छ । इन्द्रजात्राको भोलिपल्ट मध्यपुर थिमिमा जिब्रो छेडेर मनाइने येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा स्थानीय युवाको पहलमा मनाइएको हो । मध्यपुर थिमि नगरपालिका वडा नं ५ का २९ वर्षका वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडेर यो जात्रालाई लोप हुनबाट जोगाउनुभएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाको दिन बेलुका करिब ८ः०० बजे थिमिकै दिगुु टोलस्थित दिगुभैरव मन्दिर अगाडिको डबलीमा नातु अर्थात् सुइरोले जिब्रो छेडाएको थियो । समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले पौराणिक कथनअनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दालाई भूतप्रेत, ख्याकजस्ता राक्षसबाट…

Read More

सगरमाथाकी छोरीको प्रचण्डलाई प्रश्न ‘प्रचण्डज्यू खै ब्राह्मण राज्य ?’

सगरमाथाकी छोरीको प्रचण्डलाई प्रश्न ‘प्रचण्डज्यू खै ब्राह्मण राज्य ?’

माओवादीले जातीय राज्यको नारा उच्यालो -कहीँ मगरात, कहीँ थरुवट, कहीँ तमुवान, कहीँ लिम्बूवान, कहीँ नेवा कहीँ भोजपुरा। खै कहाँ छ ब्राह्मण राज्य ?  के ब्राह्मणको अस्तित्व नै छैन् ? अन्य जातीलाई ब्राह्मणको विरुद्धमा उचालेर जातीय मोडालिटीको नेतृत्व गर्ने तपाईंको पार्टी अध्यक्ष कमरेड प्रचण्ड ब्राह्मण हो कि होइनन् ? जातीय सहिष्णुता कायम हुनुपर्छ भन्ने मेरो बुझाई हो। के ब्राह्मण भएर जन्मनु हाम्रो अपराध हो ? ब्राह्मणका छोराछोरी टुपी कसेर पढ्छन् उन्नति प्रगति गर्छन्। हरेक सामाजिक संरचनामा उसको वर्चस्व हुन्छ अनि प्रगतिशील गर्न नसक्ने दया र भिखमा बाँचेकाहरुले ब्राह्मणवाद मूर्दावाद भनेर कुर्लन्छन्, यो…

Read More

शरीरभित्रको तस्बीर देखाउने क्यामेरा बन्यो

शरीरभित्रको तस्बीर देखाउने क्यामेरा बन्यो

एजेन्सी– वैज्ञानिकले मानव शरीरभित्रका अंग हेर्न सकिने क्यामेरा निर्माण गरेका छन्। अहिले चिकित्सकहरू भित्री शारीरिक अंग परीक्षण गर्न इन्डोस्कोपी गर्छन्। शरीरभित्र हेर्न सकिने क्यामेरा खासमा इन्डोस्कोपी गर्दा चिकित्सकलाई सघाउन निर्माण गरिएको हो। इन्डोस्कोपीबाहेक स्क्यान र एक्सरे गरी चिकित्सकले भित्री अंगको स्वास्थ्य स्थिति पत्ता लगाउँदै आएका छन्। नयाँ क्यामेराले इन्डोस्कोपीको लचिलो लामो ट्युबको अगाडिबाट निस्कने उज्यालोजस्ता प्रकाशको स्रोतका माध्यमबाट शरीरभित्र काम गर्छ। ‘यो क्यामेरामा बेग्लाबेग्लै काम गर्ने क्षमता छ,’ युनिभर्सिटी अफ एडिनवर्गका प्रोफेसर केव धालीवालले भने, ‘खासगरी शल्यक्रिया गरिरहेका बेला कुन डिभाइस कहाँ छ भनेर थाहा पाउनु अत्यन्त महत्वपूर्ण हुन्छ।’ प्रारम्भिक…

Read More

विद्यालय पढाउन गएका शिक्षक घर फकेनन्

विद्यालय पढाउन गएका शिक्षक घर फकेनन्

भबिश्वर पाण्डे/कावासोती । नवलपरासीको कावासोतीका राम प्रसाद चापगाई देबचुलि नगरपालिकामा रहेको बिश्व ज्योति बोडिङ्ग पढाए घर नफकिएको भन्दै परिवारले खोजि गरिदिन भन्दै ईलाका प्रहरी कार्यालय कावासोतीमा निबेदन दर्ता गराएका छन् । गत भदौ १६ गते शुक्रबार बिद्यालयमा पढाएर हिडेका राम प्रसाद घर नआएपछि बुधबार प्रहरीमा श्रीमती सगिता र बुवा दुर्गादत्त चापगाईले निबेदन दर्ता गराएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । राम प्रसाद कि श्रीमती सगिताले भनिन् ­बिद्यालयबाट ४ बजे निस्किएको बिद्यालय प्रसाशनले जानकारी दियो तर ५ दिन सम्म पनि उहाँ आउनु भएन। उनले थपिन फोन सम्र्पक गर्दा समेत सम्र्पक…

Read More

राष्ट्रसंघको आप्रवाससम्बन्धी खाकामा नेपालले समावेश गर्ने विषयमा छलफल

राष्ट्रसंघको आप्रवाससम्बन्धी खाकामा नेपालले समावेश गर्ने विषयमा छलफल

काठमाडौँ | सुरक्षित, क्रमानुगत र नियमित आप्रवास जिसिएमको खाकाको सम्बन्धमा नेपालको अवधारणापत्र तयार गर्ने विषयमा केन्द्रित रही बहुपक्षीय सरोकारवाला निकायहरुबीच आज बृहत छलफल भएको छ । श्रम तथा रोजगार मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘आप्रवासको सम्बन्धमा बहुपक्षीय सरोकारवाला निकायहरुको राष्ट्रिय छलफल’ आप्रवाससँग सम्बन्धी विकास कार्यक्रममा साझेदार संस्था, संयुक्त राष्ट्र संघका एजेन्सी, निजी क्षेत्रका प्रतिनिधि, विभिन्न संघ÷संस्था र सरकारी निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । संयुक्त राष्ट्र संघको सन् २०१६ को साधारणसभाले आप्रवास र शरणार्थीको सम्बन्धमा अन्तर्राष्ट्रिय साझेदारीको खाका तयार गर्ने प्रतिबद्धता पारित गरेको थियो । राष्ट्रसंघको सन् २०१८ मा हुने…

Read More

क्यान्सर रोगी कैदी बन्दीको केन्द्र बन्दै भरतपुर कारागार

क्यान्सर रोगी कैदी बन्दीको केन्द्र बन्दै भरतपुर कारागार

चितवन । देशभरका कारागारबाट क्यान्सरका बिरामी कैदी बन्दीहरुको केन्द्रका रुपमा जिल्ला कारागार चितवनलाई व्यवस्थित गर्ने तयारी गरिएको छ । जुनसुकै कारागारमा क्यान्सरका बिरामी रहेपनि उनीहरुलाई यहाँको कारागारमा पठाईदै आईएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेका अनुसार क्यान्सरका बिरामी भरतपुर र मानसिक रोगिलाई नख्खु एवं धुलिखेल कारागार पठाउने गरिएको छ । भरतपुरमा बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल रहेकाले उपचारमा सहज होस भन्नका लागि त्यस्ता कैदी बन्दीलाई यहाँ पठाईने गरेको हो । केन्द्रिय कारागारमा १५ शैयाको अस्पताल रहेकाले अन्य बिरामीहरुलाई केन्द्रिय कारागारमा राख्ने गरिएको घिमिरेले बताउनु भयो । भरतपुरमा क्यान्सरका…

Read More

नौ वर्ष हुँदा पनि हलियाको स्थिति उस्तै

नौ वर्ष हुँदा पनि हलियाको स्थिति उस्तै

बाजुरा | अरुको हलो जोतेर खाने हलियालाई सरकारले मुक्त गरेको आज नौ वर्ष पुरा भएको छ । वि सं. २०६५ आजकै दिन सरकारले पाँचबुँदे सहमतिमा हलिया मुक्त गरेको थियो । हलियालाई मुक्त गरेको नौ वर्ष वितिसक्दा पनि अझै हलियाले साहुको हलो जोत्दै आएका छन् । हलियाहरूले दैनिक छाक टार्न र बालबालिकालाई पालन पोषण गर्न अहिलेपनि हलिया बस्दै आएकोमा हलिया अधिकारकर्मीहरूले आपत्ति जनाउँदै आएका छन् । मुक्त हलिया दिवसको अवसरमा जिल्लाका हलिया अधिकारकर्मीले आज प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाजुराका अध्यक्ष वीरबहादुर विश्वकर्माले बताए । संघका…

Read More

सिरहामा उत्साहपूर्ण मनोनयन

सिरहामा उत्साहपूर्ण मनोनयन

लहान | स्थानीय तहको तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने निर्वाचनका लागि सिरहा जिल्लाका स्थानीय तहहरूमा उत्साहजनक रुपमा विभिन्न दलका र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कतिपय उम्मेदवार बाजागाजा र समर्थकको नाचगानसहित मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय पुगेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विभिन्न राजनीतिक दलका साथै स्वतन्त्रबाट समेत उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतका अनुसार सिरहा नगरपालिकासहित जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिकामा शान्तिपूर्णरुपमा उम्मेदवारी मनोनयन दत्र्ता सम्पन्न भएको छ ।  

Read More

मधेसमा पनि एमाले पहिलो पार्टी हुन्छः उपाध्यक्ष रावल

मधेसमा पनि एमाले पहिलो पार्टी हुन्छः उपाध्यक्ष रावल

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले प्रदेश नं २ को निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले मुलुकको राष्ट्रियताको संरक्षणका लागि आफ्नो पार्टीले खेलेको भूमिकाका आधारमा मधेश र मधेशी जनताले निर्वाचनमा सही मूल्यांकन गरी एमालेलाई अग्रस्थानमा पु¥याउने बताउनुभयो । मधेशमा लामो समयदेखि मधेशीको शोषण गर्ने समूहले राजनीतिक दल खोल्दैमा उनीहरुको प्रतिनिधित्व गर्न नसक्ने बताउँदै उहाँले भन्नुभयो, “प्रत्येक वर्ष मधेशमा बाढी आउँछ, त्यस क्षेत्र डुबानमा पर्छ, बाढी डुबानको दीर्घकालीन समाधान हामी दिन्छौँ, मधेशीको पक्षमा आवाज उठाउने हामी मात्रै…

Read More