सञ्चार संस्थाको यथोचित सुधार गरिनेछ: सञ्चार राज्यमन्त्री विष्ट

सञ्चार संस्थाको यथोचित सुधार गरिनेछ: सञ्चार राज्यमन्त्री विष्ट

नेपालगन्ज । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले सञ्चार संस्थाको यथोचित सुधारका लागि सबै खाले प्रयास अघि बढाइने बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेद्वारा आज नेपालगन्ज विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले श्रमजीवी पत्रकारको माग सरकारले सम्बोधन गर्दै जाने बताउँदै स्थानीय तहका सञ्चार संस्थाले भोग्नुपरेको समस्याप्रति पनि सरकार गम्भीर रहेको छ– भन्नुभयो । राज्यमन्त्री विष्टले बाढीका कारण समस्यामा परेकाको उचित व्यवस्थापनका लागि सबै स्रोत परिचालन गरी राहतका कार्यक्रम सञ्चालनमा ल्याइएकाले यसमा सरकारलाई सबै पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिनुभयो । यसैबीच, नेपाल पत्रकार महासंघ, बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारुले राज्यमन्त्री विष्टलाई…

Read More

मालपोत कार्यालयका कर्मचारीविरुद्ध आरोपपत्र दायर

मालपोत कार्यालयका कर्मचारीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, चाबहिलका करिब एक दर्जन कर्मचारीसमेतको मिलेमतोमा काठमाडौँका विभिन्न स्थानका जग्गा गैरकानुनी स्रेस्ता राखी बिक्रीवितरण भएको ठहर गरी तिनीहरुविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी त्यस्तो अवैध कार्यमा संलग्न सो मालपोत कार्यालयका अधिकृत चेतनाथ ढकाल र तिर्खाराम अर्यालसहित वर्तमान र पूर्वकर्मचारी गरी १३ जनाविरुद्ध आरोपपत्र दायर भएको जनाएको छ । उनीहरुले साविक गोठाटार, मूलपानी र विष्णु गाविसका जग्गामा नक्कली स्रेस्ता खडा गरी बिक्रीवितरण गरेको पाइएको छ ।

Read More

माथिबाटै घटुवाको प्रारम्भ गरेका छौं: प्रचण्ड

माथिबाटै घटुवाको प्रारम्भ गरेका छौं: प्रचण्ड

बिराटनगर । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रमा माथिबाटै घटुवाको प्रारम्भ गरेको बताउनु भएको छ । १ नम्वर प्रदेशको पार्टी प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामीले विचार, राजनीति र नेतृत्वमा त जित्यौं । तर, संगठन र चुनावी परिणाममा जित्न सकेनौं, त्यसको मूख्य कारण भद्रगोल संगठन हो । अब हामीले माथिबाटै घटुवाको प्रारम्भ गरेका छौं । हिजो मात्रै केन्द्रीय कार्यालयलाई भङ्ग गरेर सचिवालयलाई कार्यकारी बनाएका छौं, अब चुस्त संगठन बनाएर अघि बढ्छौं ।’ ‘माओवादी केन्द्रबाट अलग हुने शक्तिहरुलाई जनताले रुचाएनन् । वैद्यजी, विप्लवजी, बाबुरामजी पनि चुनावमा जानुभयो, जनताले…

Read More

मधेशमा माओवादी प्रवेश गर्नेको ओईरो, एकै दिन ६५ सय पार्टी प्रवेश

मधेशमा माओवादी प्रवेश गर्नेको ओईरो, एकै दिन ६५ सय पार्टी प्रवेश

सर्लाही । मधेशी लोकतान्त्रिक फोरमका उपाध्यक्ष सहित ६५ सय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विजयकुमार गच्छदारको नेतृत्वको फोरमबाट राय, विभिन्न पार्टीका दर्जनौं केन्द्रीय सदस्य, सयौं जिल्ला स्तरीय नेतासहित ६५ सय नेता कार्यकर्ता बुधबार सर्लाहीको चक्रघट्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ । कार्यक्रममा नेता रायको नेतृत्वमा फोरम लोकतान्त्रिकका करिब २५ सय, लोकतान्त्रिककै नेता सत्यनारायण यादवको नेतृत्वमा ५ सय ५१ जना, सद्भावना पार्टीका केन्द्रीय सदस्य जीतनारायण साहको नेतृत्वमा १२ सय, एमाले नेता बिगु यादवको नेतृत्वमा ४सय २२ जना, राप्रपा नेता राजीवकुमार कुशवाहाको नेतृत्वमा…

Read More

दलगत स्वार्थभन्दा माथि उठेर दुवै छिमेकीसँग समान व्यवहार गर्नुपर्छ: माधव नेपाल

दलगत स्वार्थभन्दा माथि उठेर दुवै छिमेकीसँग समान व्यवहार गर्नुपर्छ: माधव नेपाल

हेटौँडा । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राष्ट्रका लागि परिपक्क कूटनीतिक क्षमता प्रदर्शन गर्न सत्तारुढ दलहरुले दलगत स्वार्थभन्दा माथि उठेर दुवै छिमेकीहरुसँग समान व्यवहार गर्दा मुलुक आर्थिक समृद्धितर्फ उन्मुख हुने बताउनुभएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, वनविज्ञान अध्ययन संस्थानद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा नेता नेपालले विद्यार्थीले पनि दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको सार्वभौम र प्रजातन्त्रको सुदृढीकरणका लागि आन्दोलन गर्नुपर्ने बताउनुभयो । उहाँले सत्तारुढ दलहरुले सैनिक चिन्तन र दम्भलाई त्यागेर राष्ट्रवादी भावनाले सबै जनतालाई समेटेर विकासको पूर्वाधारमा समानुपातिकरुपमा व्यवहार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले २ नं. प्रदेशमा हुन…

Read More

राष्ट्रिय फुटसल लिग बिहीबारदेखि

राष्ट्रिय फुटसल लिग बिहीबारदेखि

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) एवं एन्फा फुटसल समितिको व्यवस्थापनमा पहिलो पटक राष्ट्रिय फुटसल लिग बिहीबारदेखि सुरु हुने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज आयोजित पत्रकार सम्मेलन उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फा फुटसल समितिका अध्यक्ष रमेश रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको खेल काठमाडौँको चपलीहाइटस्थित चौर क्रिएस्नल फुटसल सेन्टर र बौद्वस्थित स्तुपा स्पोर्टस हव फुटसल सेन्टरमा सञ्चालन हुनेछ । लिगमा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख पचास हजार पाउनेछ । उक्त प्रतियोगिताका लागि करिब…

Read More

राज्यमन्त्रीबाट मन्त्रालयकै सवारी साधन प्रयोग: गृह मन्त्रालय

राज्यमन्त्रीबाट मन्त्रालयकै सवारी साधन प्रयोग: गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले ‘राज्यमन्त्रीकै गाडीमा फर्जी नम्बर’ भन्ने शीर्षकमा मंगलबार एक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले आज एक प्रेस विज्ञप्ति जारी गरी समाचारमा उल्लेख भएजस्तो गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले हुलाक सेवा विभागको नाममा रहेको बा १ झ १००९ नम्बरको फर्जी सवारी साधन प्रयोग नगरेको स्पष्ट पार्नुभएको छ । गृह राज्यमन्त्रीले मन्त्रालयकै नाममा रहेको बा २ झ १०७७ र बा १ झ ६४०७ नं को सवारी सधान प्रयोग गरिरहनुभएको विज्ञप्तिमा जनाइएको छ । राज्यमन्त्रीको मानमर्दन हुने गरी कपोलकल्पित, तथ्यहीन र…

Read More

ग्लेनले वायलिन बजाउँदै प्लेनबाट हामफालेपछि…

ग्लेनले वायलिन बजाउँदै प्लेनबाट हामफालेपछि…

ग्लेनले आफ्नो ३०औं जन्मदिनमा आफू स्वयमलाई एउटा चुनौति दिए । उनी बिना कपडा स्काइडाइभ गर्न चाहन्थे र यसक्रममा भायलिनमा केही धुन बचाउँदै जमिनमा उत्रन चाहन्थे । उनले अस्ट्रेलियाको न्यु साउथ वेल्समा आइतबार यो अनौठो प्रदर्शनी देखाएका हुन् । स्काइडाइभिङका क्रममा उनले सुरुवाती बेलायती संगीतकार राल्फ वान विलियम्सको धुन र तिब्रताका साथ तल झर्दै गर्दा उनले स्वयमका लागि ह्याप्पी वर्थ डेको धुन बजाए । उनले बीबीसीसँगको कुराकानीमा भने–यो हावामा उड्दै गरेको पंक्षीमा एउटा मीठो हुन हो र यो अवसरका लागि यो एकदम उपयुक्त छ । उनले भने–प्यारासूट खुलेपछि म धुन बजाउनका…

Read More

२४ किलो चरेससहित दुई पक्राउ

२४ किलो चरेससहित दुई पक्राउ

धनगढी | धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोक क्षेत्रबाट २३ किलोग्राम लागुऔषध चरेशसहित प्रहरीले बुधबार एकजनालाई पक्राउ गरेको छ। बिक्री गर्ने उद्देश्यले बोरामा चरेस राखेर लगिरहेको अवस्थामा बझाङको कडेल गाउँपालिका–५ शिवराज उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक पुष्कर चन्दले बताए। उक्त घटनामा सोधपुछका लागि बझाङ खेपारीका १४ वर्षीय किशोर उर्मादत्त पन्तलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Read More

राप्रपाले सातै प्रदेशमा संयोजक तोक्यो

राप्रपाले सातै प्रदेशमा संयोजक तोक्यो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रादेशिक र केन्द्रीय चुनावलाई दृष्टिगत गर्दै सातै प्रदेशका लागि संयोजक तोकेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति र पदाधिकारीको बैठकले प्रदेश नं १ मा राजेन्द्र लिङ्देन, २ मा गंगाप्रसाद यादव, ३ मा बुद्धिमान तामाङ, ४ मा हेमजङ गुरुङ, ५ मा धबलशम्शेर राणा, ६ मा मुकुन्दश्याम गिरी र ७ मा जयन्त चन्दलाई संयोजकको जिम्मेवारी प्रदान गरेको हो । ती संयोजकले सम्बन्धित प्रदेशमा संगठनको वास्तविक अवस्थाको अध्ययन गरी केन्द्रमा प्रतिवेदन पठाउने, केन्द्रसँग समन्वय गरी उम्मेदवार छनोट गर्ने, आवश्यकतानुसार अन्य दलसँग सहकार्य…

Read More