२० करोडको मोटरसाइकल

अचम्म लाग्न सक्छ यति महंगो मोटरसाइकल पनि होला र ? । झण्डै २० करोड रुपैयाँ बराबरको मोटरसाइकल बनेको छ । हार्ले डेविडसनले ब्लू एडिशन बाइक बनाएको हो । यसलाई सबैभन्दा महंगो बाइक मानिएको छ । यो बाइकलाई स्वीस वाच, ज्वेलरी कम्पनी बुचर र बाइक स्पेशलिष्ट बन्नरबाइकले मिलेर बनाएका हुन् ।यो बाइक बनाउन २५ सय भन्दा बढी घण्टा समय लागेको बताइएको छ । यसलाई बनाउन आठ जनाको विशेष टिम नै खटिएको थियो । यसमा धेरैजसो पार्टस्हरु सुनका प्लेट हुन् ।

Related posts

Leave a Comment