कर्मचारीको घाँटीमा ब्लेडले काट्ने ५ जना पक्राउ

गत चैत्र २७ गते नेपाल पुलिस एकेडेमीमा कार्यरत कर्मचारीलाई घाटीमा ब्लेडले काटेको आरोपमा ५ जनालाई पक्राउ गरिएको छ । उनीहरु २० वर्षीय सञ्जिव पौडेललाई ब्लेडले घाँटीमा काटेर फरार रहेका थिए । पक्राउ पर्नेमा काठमाडौं–१८, नरदेवीका २० वर्षीय विक्रम न्यौपाने, काठमाडौं–१७ ढल्कुका १७ वर्षीय अनिल खवास, चितवान भरतपुर घर भइ हाल नरदेवी बस्दै आएका १७ वर्षीय राहुल न्यौपाने, भरतपुर घर भइ काठमाडौं–१८ बस्दै आएका १७ वर्षीय नविन न्यौपाने र धादिङ धार्के घर भइ काठमाडौंको नयाँ बसपार्क बस्दै आएकी १९ जेविका अधिकारी छन् । उनीहरुलाई महानगरीइ प्रहरी वृत्त, लैनचौरले नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

Leave a Comment