सलमान खान चन्द्रागिरीको भ्रमणमा आउने, आज पत्रकार सम्मेलन

बलिउड अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन् । दबांग इभेन्टका लागि आउँदो मार्चमा नेपाल आउन लागेका खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका हुन् । सलमान निकटका मित्र तथा दबांग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टका तर्फबाट जर्डी पटेल, अडिल जगमगियाले चन्द्रागिरि हिल्स भ्रमणक्रममा यस्तो जानकारी दिएको कम्पनीले बताएको छ । नेपालस्थित इभेन्ट व्यवस्थापन कम्पनी ओडिसी इन्टरटेन्मेन्टका प्रमुख सीमान्त गुरुङले पनि चन्द्रागिरि भ्रमण गरेका थिए ।

खानको आसन्न भ्रमणको विषयमा थप जानकारीका लागि शुक्रबार पत्रकार सम्मेलन आयोजना गरिने भएको कम्पनीको भनाइ छ । पत्रकार सम्मेलनलाई सलमानका भाइ सोहिल खानले सम्बोधन गर्नेछन् ।

Related posts

Leave a Comment