प्रदेश न : ३ को मुख्यमन्त्री बन्दैंछु : अष्ट्रलक्ष्मी शाक्य

भर्खरै सम्पन्न काठमाडौं निर्वाचन क्षेत्र– ८‘ख’प्रदेश सभाका लागि सांसद पदमा विजयी अष्टलक्ष्मी शाक्यलाई प्रदेश–३ को मुख्यमन्त्रीको शसक्त उम्मेदवारका रुपमा चर्चा चलेको छ । देशको केन्द्रिय राजधानी काठमाण्डौ उपत्यकाका भक्तपुर ललितपुर देखी चितवन र मकवानपुर जस्ता महत्वपूर्ण क्षेत्रमा रहेको प्रदेश ३ मा मुख्यमन्त्रीका दाबेदारका रुपमा चर्चित उनै शाक्यसँग टिभी अन्नपूर्ण रिपोर्टर शर्मिला सुबेदीले गरेको बिशेष कुराकानी :

सबैभन्दा पहिला तपाईलाई भारी मतले विजयी हुनुभएकोमा बधाई तथा शुभकामना, कस्तो हुदैंछ निर्वाचनको नतिजापछिको दैनिकी ?

धन्यवाद, काठमाडौं निर्वाचन क्षेत्र– ८ ‘ख’का जनताले धेरै नै माया गरेर मलाई निर्वा्चित गर्नुभयो । निकै हर्षित छु । म माथि धेरै जिम्मेवारी र दायित्व बढेको छ । जनताले धेरै आशा र भरोसा राखेर मलाई जिताउनुभएको छ । अब मैले चुनावमा गरेका सम्पूर्ण प्रतिबद्धतालाई इमानदारीपूर्वक निर्वाह गर्न दृढ छु । अहिले भर्खर केही राजनीतिक गतिरोधका कारण निर्वाचन पछि केही अन्योलताकाबीचमा छ नेपालको राजनीति यो अवस्थामा मलाई अमुल्य मतदान गर्ने मतदानहरुलाई धन्यवाद ज्ञापन गर्न कार्यक्रममा बढि व्यस्त छु । सायद केही दिनमा यो राजनीतिक गाँठो फुक्नेछ अनि म आफ्नो रफ्तारमा काममा लाग्नेछु ।

नेपालका महिलाहरुको तपाई प्रेरणा पनि हो कस्तो छ अहिले नेपाली राजनीतिमा महिलाको अवस्था ?

महिलालाई अझै पनि नेपली राजनीतिमा धेरै गाह्रो छ । राणाकालदेखि पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्थाको स्थापनादेखी अहिले संघिय गणतन्त्रसम्म आईपुग्दा भएका विभिन्न खाले आन्दोलनले महिलालाई शसक्त बनाएको छ । यद्यपी अझै धेरै चुनौती बिद्यमान छन महिलाले समाज, परिवार र पार्टीमा दोहोरो, तेब्बर जिम्मेवारी वहन गर्नुपर्ने बाध्यता छ । त्यसमाथि राजनीतिमा हुने चलखेल र अन्य गतिविधिले झनै मुस्किल पक्कैपनि छन तर यसलाई समस्या देखेर अब महिला पछाडी रहन हुदैंन । सघर्ष गर्नुपर्छ अघि आउनुपर्छ अझै सहज बन्दै जान्छ ।
हो महिलाहरु झन शसक्त बन्दै जाँदा चुनौतीका पहाड झन अग्ला अवस्य बनेका छन । मैले २०५६ को प्रतिनिधिसभाको निर्वाचन जितेरै आएकी हुँ । पहिलाको निर्वाचन र अहिलेको निर्वाचनमा धेरै परिर्वतन आइसकेको रहेछ । पहिला थोरै खर्चले निर्वाचन जितिन्थ्यो, अहिले निर्वाचन निकै भड्किलो रखर्चिलो, भइसकेछ। अब त पैसा नहुनेले चुनाव जित्न नसक्ने देखिएको छ ।त्यसैले अब निर्वाचन भड्किलो बन्न दिनुहुँदैन।

तपाई प्रदेश न : ३ को मुख्यमन्त्री बन्दै हुनुहुन्छ भन्ने चर्चा छ , के हो कुरा ?

हो मैले पार्टी केन्द्रिय सदस्यदेखी स्थायी कमिटी हुदैं केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक निभाइरहेकी छु । प्रदेशसभा– ३ को संयोजक भएर मेरोे निर्वाह गरेको भुमिका पनि महत्वपूर्ण छ भन्ने लाग्छ यसआधारमा मलाई पार्टीले संस्थागत निर्णय गरेर यो जिम्मेवारी दिनेमा विश्वस्त छु । पार्टीले मलाई मुख्यमन्त्री बनाउनेमा कुनै विवाद छैन ।

दाबी त एमालेकै अन्य नेताहरुले पनि गर्ने देखियो , तपाई नै मुख्य मन्त्री बन्नुपर्ने कारण के ?

यो प्रदेशमा ऐतिहासिक,सांस्कृतिक,धार्मिक, पर्यटकीय र प्राकृतिक सम्भावनाले भरिपूर्ण क्षेत्र हो । तर प्रशस्त सम्भावना हुँदाहुँदै पनि उचित व्यवस्थापन गर्न नसक्दा यो प्रदेश पछाडि परेको छ । यसअघि ६–६ महिनामा सरकार फेरिँदा मुलुकले विकासको गति लिन सकेन ।भर्खरै स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा तीनवटै तहको निर्वाचन सम्पन्न भएको छ । तीनवटै सरकारमा वाम गठबन्धनले सुविधाजनक बहुमत ल्याएको छ । त्यसैले संघीय सरकार, स्थानीय सरकार र प्रदेशसरकारसँग समन्वय गरेर विकासको ढोका खोल्नका लागी मैले यसको नेतृत्व लिनुपर्छ ।

 

३ नं प्रदेशको राजधानीको विषयमा निक्कै रस्साकस्सि भएको देखिन्छ, यँहाको विचारमा कहाँ उपयुक्त होला ?

प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषय अझै छलफलकै क्रममा छ । यहाँ १३ वटा जिल्ला रहेका छन् । प्रत्येक जिल्लावासीले आफ्नो ठाउँमा प्रदेश सभाको माग गर्नु अधिकार नै हो । तर, सबै जिल्लाका जनतालाई पायक पर्ने ठाउँमै प्रदेशको राजधानी राख्नुपर्ने हुन्छ । प्रदेश राजधानी भनेर मात्रै हुँदैन ।त्यसका लागि भौतिक पूर्वाधार अति नै आवश्यक हुन्छ । तत्कालको समस्या समाधानका लागि काठमाडौं उपत्यका भित्रै प्रदेश राजधानी बनाउँदा उपयुक्त होला ।तर, दीर्घकालीन समयका लागि घनीभूत छलफल गरेर मात्रै टुंग्याउँदा जाति हुन्छ । देशको राजधानी पनि काठमाडौं र प्रदेशको राजधानीपनि काठमाडौं गराउँदा उपयुक्त नहोला नि ! त्यसैले काठमाडौं बाहिरकै जिल्लामा गराउँदा राम्रो देखिनेछ।

 

देशको राजधानी तथा मुख्य शहर काठमाडौं उपत्यको भद्रगोल र असरल्लबाट आम सर्वसाधारण दिक्क भईरहेका अवस्थामा, समाधानको योजना के छ ?

काठमाडौं उपत्यका पछिल्लो समय भद्रगोल र असरल्ल भइरहेको छ । जसकारण उपत्यकावासीले खाल्डाखुल्डी र धुलाम्मे सडकको सामना गरिरहेका छन् । जनता सहजता पूर्वक सडकमा आउजाउ गर्न सक्ने अवस्था समेत छैन। जनता स्वच्छ र हराभरा वातावरणमा बाँच्न पाइरहेका छैनन्। अब स्थानीयतह, प्रदेश सरकार र संघीय सरकारबीच छलफल गरेर नै काठमाडौं उपत्यकाको भद्रगोल अन्त्य गर्ने प्रयास गर्नेछौँ। अबदेखि हरेक विकास निर्माणको काम गर्दा समन्वय गर्ने संस्कृतिको समेत विकास गर्नेछौँ । जसबाट सहजतापूर्वक काम अघि बढाउन सकिनेछ।

 

 

उपत्यकामा मोनोरेल गुड्ने हल्लाको विषयमा यँहाको धारणा के हो ? साँच्चै आउला त ?
हाम्रो पार्टीले उपत्यकामा पाँच वर्ष भित्र गर्ने निर्माणको एकीकृत खाका बनाएको छ । पाँच वर्ष्भित्रै मोनोरेल गुडाउने खाकातयार भइसक्यो । अब त्यो खाकालाई व्यावहारमा कसरी उतार्ने भनेर विज्ञसँग परामर्श गरेर अघि बढ्नेछौँ ।भिजन नभइकन केही काम गर्न सकिँदैन । त्यसैले भिजनलाई एकीकृत योजना बनाएर चरणबद्ध रूपमा कार्यान्वय गर्दै अघि लैजानेछौँ ।

Related posts

Leave a Comment