प्रधानमन्त्रीसहित नेपालका शीर्ष नेतासँग चिनियाँ राष्ट्रपतिले अन्तरक्रिया गर्ने

चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सी जिङपिङले प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली राजनीतिक दलका शीर्ष नेताहरुसँग अन्तरक्रिया गर्ने भएका छन् ।

मंगलबार अपरान्ह हुने छलफलमा प्रधानमन्त्री ओली सहभागि हुने उनको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीका संचार विज्ञ रामशरण बजगाईंका अनुसार जुम मिटिङमार्फत हुने छलफलमा ओली सहभागि हुने निश्चित भएको छ ।

प्रधानमन्त्री ओलीसहित उक्त छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु पनि सहभागि हुने जनाइएको छ ।

सिपीसीले आफ्नो स्थापनाको सय वर्ष पुगेको अवसरमा विश्वका राजनीतिक दलसँग अन्तरक्रिया गर्न लागेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार