काँग्रेस उम्मेदवार पुत्रको काठमाण्डौका मेयरमाथीको मिसफायर मुक्का

नेपाली कांग्रेसका नेता तथा काठमाडौ क्षेत्र नं ९ का प्रतिनिधिसभा उम्मेद्वार ध्यान गोविन्द रन्जितका छोरा युरेक रन्जितले भोट हाल्ने विषयमा विवाद निकालेर एमाले नेता तथा काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यमाथि आक्रमण गरेका छन् ।

चुनाव हार्ने निश्चित भएपछि युरेकले उनीमाथि आक्रमणको प्रयास गरेको स्थानीयले बताएका छन् ।

आक्रमणपछि मेयरले भने, ‘म निर्वाचनलाई प्रभावित पार्ने किसिमले यहाँ आएको हैन, निर्वाचनमा मतदान गर्ने सबैको अधिकार हुन्छ ।’ झडप नियन्त्रणको लागि प्रहरीले असुर ग्यास पनि प्रहार गरेको छ ।

Related posts

Leave a Comment