सर्लाहीमा काँग्रेस र राजपाका कार्यकर्ताहरुबीच झडप, प्रहरीले ४ राउण्ड गोली चलायो

सर्लाहीमा नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । प्रहरीका अनुसार सर्लाहीको कौडेना गाउँपालिका २ जनता माविको मतदान केन्द्रमा झडप भएको हो ।

जनता माविको फूलपरासी केन्द्रमा भएको झडपलाई नियन्त्रणमा लिन ४ राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।

एक जना अशक्त व्यक्तिको मत हाल्ने विषयलाई लिएर उनीहरुबीच झडप भएको हो ।

सो क्षेत्र निर्वाचन क्षेत्र नं. २ मा कांग्रेसका जंगिलाल राय र राजपा नेपालका महेन्द्र राय यादव चुनावी मैदानमा छन् ।

Related posts

Leave a Comment