तपाईलाई टाउको दुख्ने समस्याले सताएको छ ? करेलाको पात खानुहोस् ठिक हुन्छ

खाँदा तितो भए पनि करेलाका धेरै फाइदा छन् । करेलाले कतिपय रोगलाई निको बनाउन पनि सहयोग गर्ने विभिन्न अध्यनले देखाएको छ ।

करेला मधुमेह, क्यान्सर जस्ता जटिल रोगपीडिका लागि पनि उपयुक्त हुने चिकित्सकहरु बताउँछन् ।

जानौंकरेलाका फाइदा : टाउको दुखाइलाई कम गर्छ  करेलाको ताजा पात पिसेर निदारमा लगाउनाले टाउको दुखाइ कम हुन्छ ।

घाउ ठिक गर्छ घाउमा करेलाको जरा पिसेर लगाउँदा घाउ पाक्छ र पीप पनि निस्कन्छ । जसले घाउ चाडै ठिक हुन्छ ।

पथ्थरीका बिरामीलाई राहत  पथरीको समस्या भएकाले करेलाको रस पिउँदा आराम मिल्छ ।

मुखको छालालाई फाइदा मुखभित्रको छालामा देखिने संक्रमण ठिक गर्न पनि करेलाको प्रयोग गर्नसकिन्छ ।

करेलाको पातको रस निकालेर त्यसमा थौरै मुतलानी माटो मिसाएर पेष्ट बनाइ मुखको छालामा लगाउनु पर्छ । यसले मुखको छालाको संक्रमण ठिक गर्छ ।  एजेन्सी

Related posts

Leave a Comment