धनकुटा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष १ लाख ६९ हजार ५ सय सहित पक्राउ

मौन अवधिमा मतदातालाई पैसाको प्रलोभन देखाएर मत किन्न खोजेको भन्दै राप्रपा प्रजातान्त्रिकका एक नेता पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) धनकुटा–२ का वडा समिति अध्यक्ष राजकुमार राई रहेका छन् ।

राईको साथबाट १ लाख ६९ हजार ५ सय बरामद भएको प्रहरीले जनाएको छ । उनलाई धनकुटा–३ कागतेबाट मंगलबार राति वाम गठबन्धनका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिए ।

मौन अवधिमा मतदातालाई आर्थिक प्रलोभनबाट प्रभावित पार्न खोजेको प्रारम्भिक छानविनबाट पुष्टि भएको प्रहरीको भनाई छ । राईका साथमा रहेका अन्य दुई जना भने फरार रहेको जनाईएको छ ।

उनको साथमा रहेका दुई झोला मध्ये एउटामा ९६ हजार अर्कोमा ७३ हजार ५ सय नगद फेला परेको छ ।

Related posts

Leave a Comment