नेपाली चेलिहरुको कसिलो बलिङ, १० जोड्दा युएईको ४ विकेट गुम्यो

आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गत अहिले नेपाल र युएईको खेल जारी रहेको छ ।

थाइल्याण्डको बैककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा जारी खेलमा युएइले टस जितेर ब्याटिङ गरिरहेको छ ।

युएइले एक रन जोडदा नेपालले पहिलो विकेट लियो । नेपालका लागि रुविना क्षेत्रीले भेन्कातारामनलाइ खाता खोल्न नदिदै आउट गरिन ।

युएइको स्कोर आठ रन हुदा रुपा नगराजलाइ रुविनाले नै ब्यक्तिगत दुइ रनमा आउट गरिन ।

लगत्तै क्रिजमा आएकी जेनलाइ पनि एक रनमा रितु कनौजियाले आउट गरेपछि युएइले १० रनमा तीन विकेट गुमायो ।

त्यसपछि अर्को एक रन पनि जोडन नपाउदै कनौजियाले नै युएइको चौथो विकेट लिन सफल भइन।

६ दशमलव २ ओभरको खेल सकिँदा य्ुएईले १६ रन जोडेको छ ।

Related posts

Leave a Comment