आज मध्यरातबाट यी कामहरु नगर्नुहोस्, नत्र १ लाख जरिवानाको भागिदार हुनुपर्ला

काठमाडौँ ।

आज मध्यरातबाट विभिन्न ३२ जिल्लामा मौन अवधि सुरु हुँदैछ । पहिलो चरणको निर्वाचन हुने जिल्लाहरुमा उम्मेदवारहरुले १२ बजेसम्म मात्र चुनाव प्रचार प्रसार गर्न पाउनेछन् ।

सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार–प्रसार गर्न पाउँदैनन्।

दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा भने निर्वाचन प्रचारको कार्यक्रम रोकिने छैन।

के के गर्न पाइँदैन

निर्वाचन आचारसंहिता अनुसार मौन अवधिको उल्लङघन भएको पाईएमा निर्वाचन आयोगले उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्द गर्न सक्नेछ।

-निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने।

-मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनु पर्ने।

-एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने।

-मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार–प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने।

Related posts

Leave a Comment