दार्चुलाका ४ गाउँपालिकालाई पिछडिएको क्षेत्रमा राखिने, सिमाक्षेत्रमा पक्कि पुल बनाईने

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी राजनीतिक दलहरु अहिले चुनावी प्रचार प्रसारमा व्यस्त छन् । चुनावी प्रचारकै क्रममा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा कैलाली डडेल्धुरा बैतडी हुँदै दार्चुला पुग्नुभएको छ । ।

नेपाली काँग्रेस दार्चुलाले खलंगामा आयोजना गरेको चुनावी कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सिमा क्षेत्रको दुई ठाउँमा पक्कि पुल बनाईने बताउनुभयो ।

नेपाली काँग्रेसले मात्रै विकास गर्न सक्ने भएकाले काँग्रेसलाई मतदान गर्न देउवाले अनुरोध गर्नुभयो । त्यस्तै प्रधानमन्त्री देउवाले दार्चुलाका चारवटा गाउँपालिकालाई पिछडिएको क्षेत्रमा राखिने बताउनुभएको छ ।

सुगममा राखिएका अपी हिमाल गाउँपालिका, मार्मा गाउँपालिका, व्यास गाउँपालिका र दुहुँ गाउँपालिकालाई पिछडिएको क्षेत्रमा राखिने बताउनुभयो ।

प्रजातान्त्रिक शासन व्यवस्थामा मात्र डर त्रासबाट मुक्त पाईन्छ।’ उहाँले भन्नुभयो, ‘यो चुनावमा कांग्रेसलाई जिताए देशमा  आर्थिक समृद्धि हुने छ।’ वाम गठबन्धनका नाममा कम्युनिस्टहरूले एकदलीय शासन ल्याउन खोजेको  उहाँले लोकतन्त्र बचाउन पनि कांग्रेसलाई जिताउन दार्चुलाका  मतदातालाई आग्रह गर्नुभयो ।

Related posts

Leave a Comment