४ किलो चरेश सहित ३५ वर्षीया महिला पक्राउ

बाजुरा । बाजुराको बडीमालिकामा ४ किलो चरेस सहित एक महिला पक्राउ परेकी छिन् । प्रहरीका अनुसार बढीमालिका नगरपालिका–७ जिल्लीमा चार किलो चरेस सहित उनलाई पक्राउ गरिएको हो ।

प्रहरी सहायक निरिक्षक कृष्ण बहादुर खड्काले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा बुढीनन्दा नगरपालिका–९ की ३५ वर्षीया सरस्वती बोगटी रहेकी छिन् ।

बिहीबार बाजुराबाट अछामको साँफे बगरमा हिडेका भेडाले बोकेको झोला भित्र रहेको चरेश बरामद गरी बोगटीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकी बोगटी माथि थप अनुसन्धानका लागि अदालतमा म्याद थपिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Related posts

Leave a Comment