दार्चुलामा एक बृद्धले गरे झुण्डिएर आत्महत्या

दार्चुला । जिल्लाको लेकम गाउँपालीकामा एक बृद्ध पुरुषले झुन्डीएर आत्महत्या गरेका छन ।

परिवारलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाले दिएको जानकारी अनुसार बुधबार बिहान ४ बजेतिर लेकम गाउँपालीका २ कैनोडाका ६७ बर्षीय मनोरथ जोशीले घर नजिकैको आँपको रुखमा झन्डीएर आत्महत्या गरेका हुन् ।

बिगत ७ बर्षदेखी मानसिक अवस्था कमजोर रहेका जोशीले आत्महत्या गरेको जनाकारी पाएपछि बिहान आफ्न्तले प्रहरीलाइ खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट सइ मिन बहादुर धामीको टोलीले घटनास्थल पुगेर अद्ययनपश्चात सबको पोष्टमाटमकालागी गोकुलेश्वर अस्पताल पठाइएको जनाएको छ । ।

Related posts

Leave a Comment