बुढीगण्डकी जलविद्युत गेजुवा कम्पनीबाट खोसेको प्रति यस्तो आयो प्रचण्डको धारणा

काठमाडौं ।

सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चीनको गेजुवा कम्पनीसँग भएको सहमतिपत्र खरेज गरेको प्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाएका छन् ।

अध्यक्ष दाहालले सत्ता साझेदार प्रमुख दल आफ्नो पार्टीसँग सल्लाह समेत नगरी सरकारले बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चीनको गेजुवा कम्पनीसँग भएको समझदारी खारेज गरेर संविधानको भावना विपरित अघि बढिरहेको आरोप समेत लगाए ।

दाहाल नेतृत्वको सरकारले १२ सय मेघावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चीनको गेजुवा कम्पनीलाई दिने निर्णय गरेको थियो ।

Related posts

Leave a Comment