यौन सम्पर्कका क्रममा हुने कार्डिएक अरेस्ट र बाँच्ने उपाय

हालै गरिएको एउटा अध्ययनका अनुसार यौन सम्पर्कका क्रममा सडन कार्डिएक अरेस्ट आउने घटना महिलाहरुको तुलनामा पुरुषमा बढी हुने गर्दछ । तर, यही अध्ययनले भनेको छ कि यो कहिलेकाहिँ मात्र हुने गर्दछ ।

अमेरिकाको सिडर–सायनाय हर्ट इन्स्टिच्युटका डाक्टर समित चुघले ४५५७ घटनाको जाँच गरे, जसबाट मात्र ३४ घटनामा कार्डिएक अरेस्ट सेक्सका क्रममा वा त्यसको एक घण्टाभित्र आएको थियो ।यो ३४ घटनामध्ये ३२ जना पुरुष थिए ।

डाक्टर चुघले सेक्स र सडन कार्डिएक अरेस्ट बुझ्न यो यसप्रकारको पहिलो अध्ययन भएको बताए । यसको नतिजालाई अमेरिकन हर्ट एसोसिएसनको सम्मेलनमा प्रस्तुत गरिएको हो ।

कार्डिएक अरेस्टको अर्थ हृदयघात होइन

सडन कार्डिएक अरेस्ट र हृदयघात फरक हो । हृदयघात तब आउँछ जब मुटुमा पुग्ने रगतमा कुनै प्रकारले रोकावट आउँछ । यही सडन कार्डिएक अरेस्टमा कुनै गडबडीका कारणबाट मुटुले अचानक काम गर्न बन्द गरिदिन्छ ।

यो स्थितिमा मानिस बेहोस हुन्छ, स्वास प्रस्वास रोकिन्छ र यदि तत्काल सहयोग नपाएको खण्डमा मानिसको मृत्यु पनि हुन सक्दछ ।

कार्डिएक अरेस्टसम्बन्धी तथ्य

–अस्पतालभन्दा बाहिर हुने कार्डिएक अरेस्टमा ९० प्रतिशत पीडितको ज्यान बच्न सक्दैन ।

–सीपीआर प्राप्त नभए हरेक मिनेट पीडितको बच्ने सम्भवना १० प्रतिशत कम हुने गर्दछ ।
–यदि पहिलो मिनेटमा नै सीपीआर प्राप्त भएको खण्डमा पीडितको बच्ने सम्भावना दुईदेखि तीन गुना बढ्ने गर्दछ ।
–सीपीआरका क्रममा पीडितको छातीमा एक मिनेटमा १०० देखि १२० पटकसम्म दबाव दिनु पर्दछ । यो बुझ्नका लागि अमेरिकाको म्युजिक ब्याण्ड बीजीजको गीत स्टेइंग अलाइभ सुन्न सल्लाह दिने गरिएको छ । यो गीतको बीट्सलाई आवश्यक गतिको सबैभन्दा सही उदाहरण मानिएको छ। –स्रोतः अमेरिकी हर्ट एसोसिएसन

पहिलाबाटै विरामी धेरै मानिस

डाक्टर चुघ र उनका सहयोगीहरुले पोर्टल्याण्डमा २००२ देखि २०१५ का बीचमा वयस्कहरुमा आएको सडक कार्डिएक अरेस्टका घटनाहरु छानविन गरे ।

एक प्रतिशतभन्दा कम घटनामा यसको कारण सेक्स थियो । यसमा पनि सबैभन्दा बढी घटना मध्यम उमेरका अफ्रिकी–अमेरिकी व्यक्तिमा थियो, जसलाई पहिलाबाटै कार्डियो भैस्क्युलरको समस्या थियो ।

अध्ययन अनुसार मात्र एक तिहाई घटनामा मात्र सीपीआर दिइएको पाइयो, जबकि पीडित एक्लै थिएनन् । डाक्टर चुघका अनुसार यसबाट पनि स्पष्ट हुन्छ कि मानिसलाई सीपीआर सिकाउनु आवश्यक छ । सीपीआर आपतकालीन अवस्थामा दिइने प्राथमिक चिकित्सा हो, जसमा छातीलाई तिब्रताका साथ पटकपटक दबाउने र पीडितलाई स्वास दिलाउने कोशिस गरिन्छ ।

६ वर्षका बच्चाले पनि दिन सक्छ सीपीआर

यही सम्मेलनमा पुस गरिएको एउटा अर्को अध्ययनका अनुसार ६ वर्षका बच्चालाई पनि सीपीआर दिन सिकाउन सकिन्छ ।
ब्रिटिश हर्ट फाउन्डेशनका अनुसार हृदयघात वा कुनै सर्जरीपछि विरामीले चारदेखि ६ हप्तासम्म सेक्स नगर्नु बेस हुन्छ । एजेन्सी

Related posts

Leave a Comment