अवैधानिक तरिकाबाट युएई पुगेकी रेनुको एनआरएनले उद्धार गर्यो

समिर श्रेष्ठ, युएई |

वैदेशिक रोजगारीका लागि अवैधानिक रूपले युएई हुँदै कुवेत पुर्याइएकी नेपाली महिलाको उद्धार गरिएको छ । एनआएरएनको सक्रियतामा रेनुका दर्जीलाई उद्दार गरी नेपाल फर्काएको हो ।

झापा विर्तामोड गोला घर भएकी २४ वर्षीय दर्जी दलालको प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि भिजिट भिषामा युएई आइपुगेकी थिइन् । उनलाई निरु विष्ट नाम गरेकी महिलाले फकाएर काठमाडौं पुर्याएकी थिइन् भने काठमाडौँमा डम्बर राई भन्ने व्यक्तिले पासपोर्ट बनाई वीरगन्ज हुँदै भारतीय बाटोबाट युएई ल्याएका थिए ।

राम्रो कमाइ हुने दलालको प्रलोभनमा परेर आफू युएई आइपुगेको उनले बताइन् । युएईको भिजिट भिषामा आएकी उनलाई फेरि कुवेत पु¥याइएको थियो । कुबेत एअरपोर्टमा मालिक लिन नआएपछि उनी ६ दिनसम्म बेवारिसे बसेकी थिइन् । ६ दिनपछि एकजना भारतीय नागरिक आएर लगेको र त्यसपछि लगातार शारीरिक यातना दिएको उनले बताइन् ।

विभिन्न यातना सहेकी उनलाई दलालको कुरा नमानेपछि पुनः युएई फर्काइएको थियो । युएईको दुबई विमानस्थलमा अलपत्र भेटिएकी उनलाई त्यहीँ कार्यरत नेपाली रचना तामाङले भेटेपछि उद्धारको पहल भएको थियो । तामाङले सुचना दिएपछि एनआरएन युएईका महिला संयोजक मोती राई, उपाध्यक्षद्वय कल्पना राई र नेत्र शर्माले सोमबार दुबई विमानस्थल पुगेर उनको उद्धार गरेका थिए ।

Related posts

Leave a Comment