आगलागीबाट ललितपुर औद्योगिक क्षेत्रका तीन उद्योगमा करोडौंको क्षति

ललितपुर । आज साँझ ललितपुर औद्योगिक क्षेत्रभित्र भीषण आगलागी हुँदा करोडौंको क्षति पुगेको छ ।

औद्योगिक क्षेत्रभित्र रहेको आनन्द प्लाष्टिक उद्योगबाट सुरु भएको आगलागीले नजिकै रहेको पूर्ण काष्ठ उद्योग र पञ्चकन्या युनिकमा समेत क्षति पुर्याएको हो ।

प्रहरीका अनुसार बेलुकी ६ बजेतिर सुरु भएको आगलागी राती १० बजेपछि पनि पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन ।

Related posts

Leave a Comment