देउवाको गृह जिल्ला डडेल्धुरामा कपडा बाँडेर भोट मागेको आरोप

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवा उम्मेदवार रहेको गृहजिल्लामा आचासंहित विपरित नगद तथा जेन्सी समान वितरण गरेको पाईएको छ ।

प्रदेश सभाका उमेदवार कर्ण बहादुर मल्ल र प्रतिनिधी सभा समानुपातिक तर्फका उमेदवार पद्मा गुरुङले स्विटर, धोती र सौल दिएर कपडा परिवर्तन गर्न लगाई आफुलाई नाटकीय रुपमा पार्टी प्रवेशको टिका लगाएको स्थानीय झुपरी देवी दमाईको आरोप छ ।

नेपाली कांग्रेस डडेल्धुराका केही कार्यकर्ताहरुले आफुलाई केही काम छ भनेर बोलाएको र टिका लगाएर पार्टी प्रवेशको नाटक गरेको बताए । बिहान ९ बजे घरमा खाना पकाइरहेका बेला काम छ भनी दुइ जना कांग्रेस कार्यकर्ता आएका र गाडीमा राखेर कांग्रेस पाटी कार्यालय पुर्याएको दमाईले बताईन् ।

जबरजस्ती टिका लगाए पश्चात पत्रकारहरुसंग कुरा गर्दै झुपरिले भनिन्– ‘मैले एमाले छोडेको छैन्, अन्य कुरा गर्नुछ भनी बोलाएर कांग्रेस सभापति कर्ण बहादुर मल्लले जबरजस्ती टिका लगाएका हुन्’ ।

कांग्रेस निकट रहेका अमरगढी ४ तल्लो खलंगाका उमेश बस्नेतले ‘छोरालाई जागीरको लागी कुरा गर्दिन्छु भनेर आफुलाई नेपाली कांग्रेस सभापति मल्ल लाई भेटाएको झुपरीले बताईन् ।

जबरजस्ती पार्टी प्रवेश गराएकोले आफ्नो सामाजिक प्रतिष्ठामाथी आच आउने कार्य गरेको भन्दै वडा सदस्य दमाईले जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा दोषिलाई कारवाहीका लागी माग गर्दै निवेदन दर्ता गराएकि छन ।

नेपाली कांग्रेसका उमेदवारहरुले निर्वाचन आचारसंहिता विपरित कार्याकर्ताहरुलाई विभिन्न प्रलोभनमा पार्ने तथा साडी धोती दिएर कार्यकर्ताहरुलाई जवरजस्ती पार्टी प्रवेश गराउने कार्य गलत भएको भन्दै संयुक्त बाम गठबन्धनले प्रेस विज्ञप्ती जारी गरेको छ ।

Related posts

Leave a Comment