खुकुरी प्रहार गरि बाबु र छोरासहित तीन जनाको हत्या

tvannapurna

मकवानपुर । मकवानपुरमा एक व्यक्तिले खुकुरी प्रहार गरि तीनजनाको हत्या गरेका छन् ।

जिल्लाको महनगरी–७ सिमलडाँडामा स्थानीय सुमान बराइलीले मंगलबार अपरान्ह खुकुरीले काटेर स्थानीय सीताराम धितालको घरमै गएर खुकुरी प्रहार गरेका थिए ।

इलाका प्रहरी कार्यालय मनहरीका अनुसार बराइलीले स्थानीय ५२ वर्षीय सीताराम धितालको घरमै पुगेर खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको हो ।

त्यसैगरी खुकुरी प्रहारबाट गम्भीर घाइते भएका धितालका छोरा सुदन र छिमेकी जीतबहादुर ब्लोनको उपचारका लागि भरतपुर लाँदै गर्दा बाटामै ज्यान गएको छ । बराइलीलाई घटनास्थलबाटै पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

Related posts

Leave a Comment