विनोद दास भन्छन्, भारतलाई औकात देखायौँ अफगानिस्तासँग अझै मिहिनत गरिन्छ

काठमाडौं । नेपाल ईतिहासमै पहिलो पटक यू—१९ एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाली १९ वर्षमूनीको टोली सेमिफाईनल प्रवेश गरेपछि नेपाली क्रिकेट प्रेमी तथा खेलाडीहरु र स्वयमं प्रशिक्षक विनोद दास समेत निकै सन्तुष्ट देखिएका छन् ।

प्रशिक्षक दास भन्छन् , सेमिफाइनलको यात्रा टिमले गरेको कडा मिहिनतको प्रतिफल हो । प्रशिक्षक दासले अगाडी भने, ‘उत्कृष्ट प्रदर्शनसँगै हामी सेमिफाइनलमा पुगेका छौं । यो प्रतियोगिताभर हाम्रो प्रदर्शन उत्कृष्ट रह्यो । हामीले गरेको मिहिनेतको फल हो यो ।’

समूह चरणको खेलमा नेपालले बलियो प्रतिस्पर्धी भारतमाथि ऐतिहासिक जित निकालेको थियो भने बंगलादेशलाई कडा टक्कर दिएको थियो । मंगलबार अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध ५.२ ओभरमा नै जित हासिल गर्‍यो ।

प्रशिक्षक दास भन्छन्, ‘मलेसियाविरुद्धको म्याचमा हाम्रो लागि अफ्ठ्यारो स्थिति थियो । तर, हामीले आफ्नो योजना बमोजिम खेल्यौं । उनीहरुले ब्याटिङमा राम्रो सुरुवात गर्न खोजेका थिए, तर स्पिनरहरु आएपछि खेल पूर्णरुपमा हाम्रो अधिनमा आयो ।

सेमिफानलमा नेपालको भिडन्त अर्को समूहको विजेता अफगानिस्तानसँग हुनेछ । पाकिस्तान र श्रीलंकालाई पन्छाउँदै अफगानिस्तान समूह बीको विजेता बनेको थियो ।

नेपालका पूर्व कप्तान समेत रहेका दास भन्छन्, हाम्रो टिमलाई उनीहरुले राम्रोसँग बुझेका छन् र हामी अन्तिम बलसम्म संघर्ष गर्छौं भन्ने पनि उनीहरुलाई थाहा छ । हामी प्रतिस्पर्धाका लागि तयार छौं र सक्दो प्रयास गर्नेछौं ।’

Related posts

Leave a Comment