भनेजति कमिसन नदिँदा गेजुवाको लाईसेन्स खारेज भएको आरोप

बूढीगण्डकी आयोजना निर्माणको लाईसेन्स चिनियाँ कम्पनी गेजुवाबाट खरेज गरेको भन्दै केही समूहले तिब्र असन्तुष्टि जनाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले गेजुवालाई दिइएको बुढीगण्डकी आयोजना निर्माणको लाइसेन्स खारेज गरेकोमा प्रश्न समेत गरेका छन् ।

राजधानीमा वाम गठबन्धन उम्मेद्वारका परिचयात्मक कार्यक्रममा उनले भने ‘गैर जिम्मेवार ढंगले कमिसन पाइएन भनेर अथवा भनेको राशी सहयोग पाइएन ? भनेर भैसकेको सम्झौता के कारणले भंग भयो ? हामीलाइ त थाहा छैन ।’

उनले नेत्र विक्रम चन्द विप्लव समूह र सरकारमा के फरक छ? भन्दै प्रश्न गरे । ‘कोही कब्जा गर्न जान्छ, कोही खोस्न जान्छ । यो सरकार लाइसेन्स खोस्न जान्छ’, ओलीको भनाई थियो । ओलीले भने, ‘के कारणले दिएको हिजो यहि सरकारले ?, के कारणले खोसेको?’

उनले अहिलेको सरकारले गरेको लाइसेन्स खारेजीको निर्णय उल्टाउने चेतावनी समेत दिए । ‘निर्वाचनसँग सम्बन्धित बाहेक यतिबेला गरेका काम, आर्थिक गतिविधि, सम्झौता गर्ने वा उल्टाउने गतिविधि निर्वाचनपछि बन्ने सरकारले उल्टाउन सक्छ पुनर्विचार गर्न सक्छ’, ओलीको भनाई थियो ।

Related posts

Leave a Comment