शरद्कुमार गौचनलाई गोली हान्ने सुटर राजीव स्याङटाङसहित पाँच जना पक्राउ (नामसहित)

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार पाँच जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गौचनलाई गोली हान्ने सुटर राजीव स्याङटाङसहित मुकेशकुमार पाडे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी र शिवजी महतो रहेका छन्।

गोली लागि घाइते भएका गौचनको उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीले डिआइजी गणेश केसीको नेतृत्वमा छानविन समिति गठन गरी अनुसन्धान गरिरहेको थियो।

ठेक्कापट्टाको विषयलाई लिएर हत्या भएको अनुसन्धानबाट खुलेको छ।

लामो समयको अनुसन्धानपछि घटनामा संलग्नलार्इ पक्राउ गरेको प्रहरीले जनाएको छ। गत असोज २३ गते दिउँसो २ बजेर ४५ मिनेटमा बानेश्वरमा रहेको घरबाट निस्केर गाडीमा चढी केही मिटर पर नपुग्दै मोटरसाइकलमा आएका दुई व्यक्तिले गौचनलाई गोली हानेका थिए।

Related posts

Leave a Comment