मलेसिया १५ ओभरमा अलआउट, नेपालले पायो ४६ रनको विजय लक्ष्य (अपडेट)

मलेसियामा जारी १९ वर्षमूनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र मलेसियाबीचको खेल जारी रहेको छ ।

वर्षाका कारण खेल २४ ओभरमा छोट्याईएको छ । प्रतियोगितामा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो ।

प्रतियोगितामा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागी सन्दिप लामीछानेले ४, कप्तान दिपेन्द्रसिह ऐरीले २, शहब आलमले २ र अनिल कुमार शाहले १ विकेट लिए ।

मलेसियाका ओपनर ब्याट्सम्यानले राम्रो सुरुवात गरेका थिए । मलेसियाको ३३ रन हँुदा पहिलो विकेट गुमेको थियो । त्यसपछि मलेसियाका कुनै पनि ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् । मलेसियाका लागि सैद अजिज सैद मुबराकले २० र भिरन्दिप जग्जित सिंहले १० रन बनाएका थिए ।

नेपाले केही समयपछि जवाफी ब्याटिङ थाल्नेछ ।

एसिया कपको समूह एमा रहेको नेपाल अन्तिम खेलमा मलेसियाविरुद्ध शानदार जित हात पार्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ । लगातार दुई खेलमा पराजित भएको मलेसिया पनि आज पहिलो जितको खोजीमा हुनेछ ।

समूह ए मा रहेको नेपाल एक खेलमा जित र एक खेलमा हार बेहोर्दै तेस्रो स्थानमा छ । बंगलादेश २ खेलमा जित हात पार्दै समूहको शीर्ष स्थानमा रहेको छ । नेट रनरेटको आधारमा भारत नेपालभन्दा अघि रहँदै दोस्रो स्थानमा छ ।

Related posts

Leave a Comment