वर्षा रोकियो, नेपाल र मलेसियाबीचको खेल केही बेरमै सुरु हुने

मलेसियामा जारी १९ वर्षमूनीको एसिया कप क्रिकेटमा आज नेपाल र मेलिसिया विच प्रतिस्पर्धा हुँदैछ ।

लगातार वर्षा रोकिएपछि वायुमास ओभलमा खेल केही समयमै सुरु हुनेछ । कभर हटाउने कार्य पनि सुरु भएको छ । अब कभर निकालेपछि मैदान निरिक्षण हुनेछ, अनि खेल सुरु हुनेछ ।

नेपाल र मलेसियाबीचको खेल नेपाली समयअनुसार सवा ७ बजे सुरु हुनुपर्ने भए पनि वर्षाका कारण अझै सुरू नभएको एसिसीले जनाएको छ। खेल हुने मैदानमा वर्षा भईरहेको र वर्षा रोकिएपछि मात्र खेल सञ्चालन हुनेछ । वर्षाको कारण नेपाल र मलेसियाबीच खेलको टस समेत भएको छैन ।

एसिया कपको समूह ए मा रहेको नेपाल अन्तिम खेलमा मलेसियाविरुद्ध शानदार जित हात पार्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ । लगातार दुई खेलमा पराजित भएको मलेसिया पनि आज पहिलो जितको खोजीमा हुनेछ।

Related posts

Leave a Comment