फिलिपिन्ससँगको खेलका लागी नेपाली टोली घोषणा (नामसहित)

काठमाडौं । मंगलबार फिलिपिन्ससँग हुने एएफसी एशियन कप छनोट प्रतियोगिताका लागी नेपाली फुटबल टिम घोषणा गरिएको छ ।

एन्फाले अनिल गुरुङको कप्तानीमा २३ सदस्य रहेको राष्ट्रिय टोलीको छनोट भएको हो ।

टोलीमा मिडफिल्डर जगजीत श्रेष्ठ फेरि फर्किएका छन् । अष्ट्रेलियामा बस्दै आएका जगजीत १८ महिनापछि टिममा फर्किएका हुन् ।

टोलीमा गोलरक्षकहरु किरणकुमार लिम्बु, बिकेश कुथु र बिशाल श्रेष्ठ रहेका छन् । त्यस्तै डिफेण्डरमा बिराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, कमल श्रेष्ठ, जितेन्द्र कार्की, राजेन्द्र रावल र दिनेश राजवंशी रहेका छन् ।

मिड फिल्डरमा सुजल श्रेष्ठ, बिशाल राई, बिक्रम लामा, अञ्जन विष्ट, जगजीत श्रेष्ठ, हेमन गुरुङ, हेमन्त थापामगर र सुनील वाल रहेका छन् । फरवार्डमा भरत खवास, बिमल घर्तीमगर, अनिल गुरुङ, नवयुग श्रेष्ठ र जर्ज प्रिन्स कार्की रहेका छन् ।

टोलीमा ७ डिफेण्डर, तीन गोलरक्षक, ८ मिडफिल्डर र ५ स्ट्राइकर रहेका छन् ।

Related posts

Leave a Comment