एप्पलले सामसुङ ईलेक्ट्रोनिक्सलाई उछिन्न सक्ने

चौथौ त्रैमासिक अवधिमा सामसुङ ईलेक्ट्रोनिक्सलाई अमेरिकी प्रविधि कम्पनी एप्पलले उछिन्न सक्ने हालै सार्वजनिक औद्योगिक तथ्यांकले देखाएको छ ।

उद्योग क्षेत्रका बारेमा हेर्ने कम्पनी ट्रेन्ड फोर्सले संकलन गरेको तथ्यांकअनुसार अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा एप्पलले स्मार्टफोन बजारको १९.१ प्रतिशत हिस्सा लिने अपेक्षा गरिएको छ । यो सामसङको अपेक्षित १८.२ प्रतिशतको तुलनामा बढी हो ।

आईफोन एक्सको राम्रो भूमिकाका कारण एप्पलले सामसङलाई उछिन्ने देखिएको हो ।

अघिल्लो त्रैमासमा २१.१ प्रतिशतको बजार हिस्सासहित दक्षिण कोरियाली प्रविधि कम्पनी विश्वकै ठूलो स्मार्टफोन कम्पनी भएको थियो । उक्त अवधिमा एप्पलको हिस्सा ११.५ प्रतिशत थियो ।

“तेस्रो त्रैमासिक अवधिमा ग्यालेक्सी नोट–८ सिरिजको सार्वजनिकले सामसङको स्मार्टफोनको उत्पादनमा वृद्धि भएको थियो । मध्यम र तल्लो तहको बजारमा ग्यालेक्सी जे सिरिजको राम्रो बिक्रीका कारण पनि सामसङको बिक्री उकालो लागेको थियो,” ट्रेन्ड फोर्सले जनाएको छ ।
“चौथो त्रैमासिक अवधिमा सामसङले उच्च गुणस्तरको मोडलको उत्पादन कम गर्ने अपेक्षा गरिएको छ । एप्पलको पछिल्लो आईफोनप्रतिको मजबुत मागका कारण आफ्नो महँगो र उच्च गुणस्तरको फोनको मागमा कमी आएकाले उत्पादन पनि कम गर्न लागिएको हो,” फोर्सले जनाएको छ ।
चौथो त्रैमासिक अवधिमा सामसङको आपूर्तिमा ५ प्रतिशतले गिरावट आएर ७ करोड ७० लाख थान कायम हुने र एप्पलको आपूर्ति ८ करोड १० लाख हुने ट्रेन्डफोर्सले जनाएको छ । एप्पलको स्मार्टफोन बिक्रीमा आईफोन एक्सको हिस्सा एकतिहाइ हुने पनि संस्थाले जनाएको छ ।
“२०१८ लाई हेर्दा विश्वव्यापी स्मार्टफोन बजार क्रमिक रूपमा परिपक्क अवस्थामा पुग्ने देखिएको छ,” संस्थाले थपेको छ ।

एउटा तरबुजाका कारण वालमार्टले ८० करोड क्षतिपुर्ति तिर्नुपर्ने अदालतको फैसला

हेनुहोस् सुन्दै अचम्म लाग्ने यि हुन बिश्वचर्चित ७ यौनकाण्ड

बैज्ञानिक अनुसन्धानले पत्ता लगायो यौनसम्पर्क गर्दा निको हुने रोग

कार भएका र किन्नेहरुले जान्नैपर्ने केही कुरा: यसरी चलाउनुस सवारी साधन

Related posts

Leave a Comment