‘कार्टुन्ज क्रु’को ‘दिलको भित्तामा’ एक दिनमै ट्रेडिङ ३ मा (भिडियो सहित)

काठमाडौं । चर्चित नृत्य समूह ‘कार्टुन्ज क्रु’ले शुक्रबार सार्वजनिक गरेको नयाँ गीतको म्युजिक भिडियो एक दिनमै यू ट्युबको ट्रेडिङ ३ मा उक्लेको छ ।

शनिबार साँझसम्म यो म्यूजिक भिडियो ४ लाख २७ हजार ७ सय जनाले हेरिसकेका छन् । त्यसैगरी १ हजार १ सय १३ जनाले यो गीतबारेमा यू ट्यूबमै कमेन्ट पनि गरेका छन् ।

अल्मोडा राना उप्रेती, यन्जिला रेग्मी र नवीन रावलले स्वर भरेको यो म्युजिक भिडियोको गीत मिलन विष्टले लेखेका हुन् । यो गीतको एरेन्ज अल्मोडा राना उप्रेतीले नै गरेका हुन् ।

‘दिलको भित्तैमा’ म्युजिक भिडियोको निर्माण सरोज अधिकारीले गरेका छन् भने कोरियोग्राफी सरोज र आश्मा विश्वकर्माले गरेका हुन् ।

राम्रो कथावस्तुसहित प्रस्तुत क्रूको ‘दिलको भित्तैमा’ बोलको म्युजिक भिडियो बिहीबार साँझ यू ट्युबमा सार्वजनिक गरिएको थियो ।

म्युजिक भिडियोमा समुहका सदस्यहरू सरोज, रिमाका साथै लाक्पा लामा, राम घले, सुबिन अधिकारी र विकास राईको फिचरिङ छ ।

Related posts

Leave a Comment