प्रियंका कार्कीसँग ‘फाटोको जुत्ता’ टिम यसकारण रुष्ट, सिक्वेलमा प्रियंका बाहेक सबै अटाए

काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र फोटको जत्ताको सिक्वेल बन्ने भएको छ ।

आगामी नयाँ बर्षको पहिलो दिन अर्थात बैशाख १ गते प्रदर्शन गर्ने गरी सिक्वेल निर्माण हुने उनले जानकारी दिए ।
बिहीवार राजधानीमा एक कार्यक्रम गर्दै निर्माता अर्जुन कुमारले ‘फाटेको जुत्ता’को सिक्वेल बनाउने घोषणा गरे ।

‘फाटेको जुत्ता’ले एक हप्तामा करिब ३ करोड कलेक्सन गरेको छ’ उनले भने ‘दर्शकको मायाका कारण सिक्वेल बनाउन लागेको हुँ ।’ चलचित्र ‘फाटेको जुत्ता’ले सिंगल र मल्टिप्लेक्समा दोसो साता पनि राम्रो व्यवसाय गर्ने उनले दाबी गरे । ‘फाटेको जुत्ता २’ लाई पनि निर्देशक निकेश खड्काले नै निर्देशन गर्ने अर्जुनले खुलाए ।

सौगात मल्ल, प्रियंका कार्की लगायत कलाकार लिएर ‘फाटेको जुत्ता’ बनाएका अर्जुनकुमारले सिक्वेलमा प्रियंका बाहेकका कलाकार रहने जानकारी दिए । ‘नयाँ अभिनेत्री लिने मनसाए भएका कारण प्रियंका नलिने भनेको हुँ’ उनले थपे ‘अभिनेत्रीको टुंगो चाँडै लगाउने छु ।’

‘फाटेको जुत्ता’को प्रचारमा साथ नदिएको भन्दै निर्माता अर्जुनकुमार प्रियंका कार्कीदेखि रुष्ट थिए । सौगात मल्ल र अर्जुन उपस्थित चलचित्रको कार्यक्रममा सक्सेस पार्टीमा प्रियंकालाई बोलाइएको थिएन ।

Related posts

Leave a Comment