अमेरिकी राष्ट्रपति ट्रम्पको मुकुण्डो लगाएर इटालीमा चोरी

चोरी गर्न चोरहरुले कस्तासम्मका तरिका अपनाउलान् भन्ने अनुमान गर्न सक्नुहुन्छ रु इटालीका दुई चोरले चोरी गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मास्कको सहारा लिएका छन् ।

डोनाल्ड ट्रम्पको अनुहारधारीले चोरी गरे पनि तिनलाई पक्रन प्रहरी सफल भएको छ । चोरलाई पक्रेपछि यो खबर संसारभर छाएको हो । उत्तरी इटालीमा गत जुलाई अन्तिम साता एक समारोह आयोजना गर्दै ती चोरबारे खुलाइएको थियो । बैंक चोरी गर्न नाम नखुलाइएका ती दुई दाजुभाइले डोनाल्ड ट्रम्पको मास्क लगाउने काइदा प्रयोग गरे पनि उनीहरु असफल हुन पुगे ।

उनीहरुले अपनाएको यो तरिका सन् १९९१ को फिल्म ‘पोइन्ट ब्रेक’ बाट प्रभावित भएर गरिएको प्रहरीले आशंका गरेको छ । उक्त फिल्ममा डनहरुले पूर्व राष्ट्रपतिको मास्क लगाएर बैंक चोरी गर्छन् तर पछि ती दाजुभाइले अरु नै फिल्म हेरेर चोरी गर्न तयार भएको बताए । उनीहरुले सन् १९९७ को फिल्म ‘द ज्याकल’बाट प्रभावित भएर चोरीको यो काइदा अपनाएको बताए ।

उक्त फिल्ममा भने हिरोले सेतो मर्सिडिजलाई कालो रंग्याएर चोरी गर्छ । कालो कार पछ्याइरहेको प्रहरी केही छिनमै सेतो रंगको कार देखेपछि हैरान हुन्छन् ।

२६ र ३० वर्षका ती चोर दाजुभाइले टुरिनस्थित एक स्थानीय बैंकमा चोरी गरेका थिए । पछि सिसिटिभी फुटेज हेर्दा उनीहरुमध्ये एकले डोनाल्ड ट्रम्पको मास्क लगाएका थिए ।

Related posts

Leave a Comment