१ लाख ८० हजार भाडा तिरेर जिल्ला जानुपर्ने यी नेतालाई के पर्यो त्यस्तो

पर्वत । पर्वतमा नेपाली काँग्रेसका नेता अर्जुन प्रसाद जोशी विरुद्ध बागी उम्मेदवारी दिएका नेता राम शर्मा पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

आफ्नो उम्मेदवारी फिर्ता लिनका लागि उनी आइतवार हेलिकप्टर चार्टर गरी पर्वत पुगेका हुन् ।

पर्वतका लागि पार्टीको तर्फबाट प्रतिनिधि सभाका लागि आधिकारिक उम्मेदवारी दिएका जोशी विरुद्धको बागी उम्मेदवारी फिर्ता लिने क्रममा पौडेलले १ लाख ८० हजार रुपैयाँ खर्च गरेर हेलिकप्टर चार्टर गरेका थिए । पोखराबाट काठमाडौं पुगेर पर्वत फर्किदा र पर्वतबाट पुनः काठमाडौं फर्किदा हेलिकप्टर भाडामा १ लाख ८० हजार खर्चिएको पौडेलले वताए ।

Related posts

Leave a Comment