काँग्रेस एकजुट भए गठबन्धनलाई सजिलै हराउन सकिन्छः डा.कोईराला

वाम गठबन्धन बने पनि काँग्रेसले निर्वाचन जित्ने काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाले बताएका छन् ।

सर्लाहीका दिनेश सिंहलाई पार्टी प्रवेश गराउँदै कोइरालाले एक भएर निर्वाचन लड्दा कांग्रेस आत्तिनु नपर्ने बताएका हुन् ।

भारतको कोलकातामा बसेर उद्योग व्यवसाय गरेका सिंह सोमबार नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।

‘वामपन्थीले तालमेल गरेर ध्रुवीकरण गरे । तर, यसबाट कांग्रेस आत्तिनुपर्ने अवस्था छैन ।’ कोइरालाले भने,कांग्रेस एकजुट भएर निर्वाचन लड्दा हामी जित्छौँ ।’

कोइरालाले आफ्नै निवास महाराजगन्जमा सोमबार आयोजित कार्यक्रममा सिंहलाई कांग्रेसको साधारण सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् ।

Related posts

One thought on “काँग्रेस एकजुट भए गठबन्धनलाई सजिलै हराउन सकिन्छः डा.कोईराला

Leave a Comment