चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार मुलुकका नवनियुक्त आवासीय र गैरआवासीय राजदूतले सोमबार आआफ्ना ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालका लागि नर्वेका नवनियुक्त आवासीय राजदूत ल्यासे बिजोर्न जोहान्नेस्सन, जर्मनीका रोलान्ड स्काफर, युरोपेली संघका भेरोनिका कोदी र न्युजिल्यान्डका गैरआवासीय राजदूत जोन्ना मेरी केम्प्कर्सले सो प्रमाणपत्र पेश गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेले जानकारी दिए ।

Related posts

Leave a Comment