पृथ्वी सुब्बा गुरुङ भन्छन् प्रदेश नं ४ को मुख्यमन्त्री म हुँ !

लमजुङ । नेकपा (एमाले)का सचिव पृथ्वीसुब्बा गुरुङले आफू प्रदेश नं ४ को मुख्यमन्त्री बन्ने जिकिर गरेका छन् ।

सदरमुकाम बेंसीशहरमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले जिल्लाको समृद्धि र उत्थानलाई पहिलो प्राथमिकता राखेर प्रदेशसभा निर्वाचनमा आफू क्षेत्र ‘ख’बाट चुनावी मैदानमा उत्रिएको बताए ।

कार्यक्रममा लमजुङबाट प्रतिनिधिसभा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य देवप्रसाद गुरुङले आफू लमजुङमै हुर्किएको भन्दै पराइ नठान्न आग्रह गरे ।

नेकपा (एमाले) लमजुङका अध्यक्ष तथा प्रदेशसभा कका उम्मेदवार धनञ्जय दवाडीले जिल्लाको विकास निर्माणको अभिभारा एमालेले लिएको बताए ।

Related posts

Leave a Comment