तीन दिनअघि हराएका बालकको शव फेला

लहान । सिरहा कर्जन्हा नगरपालिका–२ बन्दीपुरबाट तीन दिनअघि हराएका एक बालकको वीभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

स्थानीय कुसुम यादवका ११ वर्षीय छोरा अशेष यादवको वीभत्स तरिकाले हत्या गरि घर नजिकैको कमला नहरको नर्सरीमा फालिएको अवस्थामा फेला परेको सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिनुभयो ।

गत कात्तिक ३ गते घरैबाट बालक हराएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए । परिवारको उजुरीपछि खोजतलासको क्रममा प्रहरीले आइतबार साँझ ७ बजेतिर बालकको टाउकोदेखि तलको भाग र आज बिहान टाउको फेला परेको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो ।

बालकको कसले र किन हत्या गरिएको हो ? त्यसबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो ।

Related posts

Leave a Comment