यी हुन समानुपातिक निर्वाचनतर्फ उम्मेदवारको बन्दसूची बुझउने दलहरु (सूचीसहित)

काठमाडौँ | आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या ५५ पुगेको छ ।

निर्वाचन आयोगका अनुसार, विवेकशील साझा पार्टी, नेपाः राष्ट्रिय पार्टी र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले पनि बन्दसूची बुझाएका छन् । ती तीनवटै पार्टी तोकिएकै समयभित्र निर्वाचन आयोगमा पुगेर धरौटीबापतको शुल्क बुझाए पनि उम्मेदवारको बन्दसूचीको क्रम मिलाउन केही ढिलाइ भएको थियो ।

प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर १० र २१ गते एकैपटक दुई चरणमा हुँदैछ ।

प्रतिनिधिस भामा ११० र प्रदेश सभामा २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले बन्दसूची बुझाउँदा महिला उम्मेदवार ५० प्रतिशत हुनुपर्ने व्यवस्था रहेको छ भने समानुपातिक र समावेशी सिद्धान्तलाई समेत आत्मसात गर्नुपर्ने कानूनी प्रावधान रहेको छ ।

आयोगमा बन्द सूची बुझाउने दलहरुः

१. ग्रिन पार्टी नेपाल

२. राष्ट्रिय यथार्थबादी पार्टी नेपाल

३. राष्ट्रिय जनता दल नेपाल

४. चुरे भाबर लोकतान्त्रिक पार्टी

५. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

६. नेपाल युवा किसान पार्टी

७. एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी)

८. ताम्सालिङ लोकतान्त्रिक पार्टी

९ं नेपाली काँग्रेस

१०. नेपाल समावेशी पार्टी

११. नेपाल समाजबादी पार्टी लोहियाबादी

१२. जनशक्ति नेपाल

१३. जनतान्त्रिक पार्टी नेपाल

१४. राष्ट्रिय शिबसेना पार्टी र नागरिक पार्टी

१५. राष्ट्रिय जनता पार्टी नेपाल

१६. देशभक्त समाज

१७. नेपाल कम्युनिष्ट पार्टी माक्र्सबादी

१८. देशभक्त लोकतान्त्रिक पार्टी

१९. बहुजन शक्ति पार्टी

२०. दलित मुस्लीम जनशक्ति पार्टी

२१. संघीय समाजबादी फोरम नेपाल

२२. नेपाल जनता पार्टी

२३. नेपाल मजदूर किसान पार्टी

२४. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट

२५. युवा नेपाल पार्टी

२६. राष्ट्रिय जनमोर्चा

२७. लिबरल डेमोक्र्याटिक पार्टी

२८. देशभक्त जनगणतान्त्रिक मोर्चा

२९. नयाँ शक्ति पार्टी नेपाल

३०. हाम्रो पार्टी

३१. नेपालबाद

३२. आमुल परिवर्तन मसिहा पार्टी नेपाल

३३. नेपाल दर्शन

३४. राष्ट्रिय प्रजातन्त्र पार्टी

३५. मंगोल नेसनल अर्गनाइजेसन

३६. राष्ट्रि प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)

३७. नेकपा (एमालें)

३८. संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल

३९. राष्ट्रिय त्रिसुल बहुजन समाजवादी पार्टी

४०. नेकपा माले समाजवादी पार्टी नेपाल

४१. नेपाल नौलो जनवादी पार्टी

४२. नेपाल लोकतान्त्रिक फोरम

४३. नेकपा माओवादी केन्द्र

४४. नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिक

४५. नेपाल लोकतान्त्रिक जनता काँग्रेस

४६. नेपाली जनाता दल

४७. नेपाली काँग्रेस वीपी

४८. राष्ट्रिय मुक्ति आन्दोलन

४९. राष्ट्रिय समाजवादी पार्टी नेपाल

५०. नेपाल दलित पार्टी

५१. राष्ट्रिय जनमुक्ती पार्टी

५२. नेपाल संघीय समाजवादी पार्टी

५३. विवेकशील साझा पार्टी

५४. ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल

५५. नेपाः राष्ट्रिय पार्टी

Related posts

Leave a Comment