उपत्यकाका लाखौँ जनताले पिउँदै आएको पानीको दुर्दशा (भिडियो सहित)

राजकुमार विष्ट /बिमल खड्का, टिभी अन्नपूर्ण

काठमाडौँ उपत्यका वितरण हुँदै अएको पानी दुषित एवम् दुर्गन्धित भेटिएको छ । खानेपानी लिमिटेडले वितरण गर्दै आएको बालाजु वितरण केन्द्रको खानेपानीको रिजर्भ वायरको पानी दुर्गन्धित भेटिएको हो । काठमाडौँ महानगर पालिका वडा नं १६ स्थित बाईसधारामा रहेको खाने पानी वितरण केन्द्र वरपर मानव स्वास्थ्यलाई असर पर्नेे फोहोर गरेको भेटिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको रूपमा रहेको बालाजु स्थित केन्द्र वरपर खुल्ला रूपमै दिसा पिसाब गर्ने गरेको पाइएको छ । त्यहाँ वरपर फोहर जुत्ता, मोजा, चुरोटका बट्टा, सुर्तीका खोल, बिस्कुटका खोल लगायतका फोहर जन्य पदार्थहरू भेटिएका हुन् । पाँच लाख भन्दा बढी उपत्यकाका बासिन्दाले प्रत्यक्ष रूपमा उपभोग गर्दै आएको खानेपानीको मुहान वरपर मेलम्ची खानेपानी आयोजनाका कर्मचारीहरूको चरम लापरबाहीका कारण यस्तो अवस्था आएको हो । हो । काठमाण्डौँको कलङ्की, सितापाईला, स्वयम्भु, वनस्थली रानीवन, बालाजु, गोगंबु, सामाखुसी, लाजिम्पाट, नयाँबजार, ठमेल तथा न्युरोड सम्म वितरण हुने खाने पानीको वितरण केन्द्रमै यस्तो चरम लापरबाही हुँदा पनि खानेपानी कार्यालय मुख दर्शक बनेको छ ।


ट्याङकी वरपरनै गर्छन् दिसा पिसाब
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड बालाजु खानेपानी वितरण केन्द्रमा पुग्दा त्यहाँ कार्यरत कर्मचारीहरूले खुल्मखुल्ला रूपमा ट्याङकी बरपरनै दिसा पिसाब गर्ने गरेको तथ्य भेटिएको छ । यसको विषयमा त्यहाँ कार्यरत कर्मचारीले शौचालय ३ मिनेट पर जानु पर्ने भएकोले सजिलोको लागि नजिकै गर्ने गरेको एक कर्मचारीले बताए । नाम नबताउने सर्तमा रातीको समयमा चर्पी जङ्गलको बिचमा भएकोले ट्याङकी वरपर नै दिसा पिसाब गर्ने गरेको उनले बताए । कहिले काहीँ त बाहिरको मान्छे पनि घुम्न आउँछन् र यही कुनामा गएर पिसाब फेर्छन् उनले भने ।
लुगा धुने नुहाउने पनि त्यही
बालाजु खानेपानी वितरण केन्द्रबाट वितरण हुँदै आएको पानी २ किमी तल रहेको माछापोखरी बोरिङबाट सङ्कलन गरी वितरण हुन्छ । पहिले खुल्ला रूपमा बनार्ईएको ट्याङकी वरपर बस्ने चालिस भन्दा बढी कामदारले ट्याङकी नजिकै नुहाउने र लुगा धुने गरेको छन् । यसै गरी ती कर्मचारीहरूले फोहर तथा पुराना कपडा साबुन तथा स्याम्पुका खोलहरू पनि त्यसमै फल्ने गरेको पाइएको दछ । यहाँ सम्मकी नुहाएर भित्री वस्त्र समेत ट्याङकीको बारमा सुकाइएको भेटिएको हो । कहिले काहीँ हावाले पानीमै झार्छ एक मजदुरले भने ।
रक्सीका बोलत तथा जुत्ता पनि पानीमै


फिल्टर प्लाण्ट भएको ठाउँमा जुत्ता र रक्सीका बोतल हरू छरपस्ट भेटिएका छन् । काम गर्ने कर्मचारीहरू पानी परेको समयमा उक्त भवनमा गएर रक्सी मासु खाएर रमाइलो गर्ने गरेको पार्ईएको हो । चाऊचाऊ, बिस्कुटका खोल ,चुरोट सुर्तीका खोल तथा अन्य फोहोर हरू समेत भेटिएका छन् ।
मेलम्चीका ४० भन्दा कर्मचारीको बासस्थान
निर्माणधिन बहुप्रतिक्षित मेलम्ची खाने पानी आयोजनाको काम भई रहँदा त्यहाँ कार्यरत मजदुरहरूका लागि ट्याङकी सँगै रहेको मेसिन कन्ट्रोलर रुम बस्ने ठाउँको रूपमा प्रयोग गरिएको पाइएको हो । ठेकेदारले खाने पानी जस्तो संवेदनशील विषयमा ध्यान नदिई पाँच लाख भन्दा बढी उपभोक्ताको बेवास्ता गर्दै मजदुरले छ महिना देखि प्रयोग गर्दै आएको पाइएको हो ।
कार्यालय ईन्चार्ज भन्छन् तत्काल हटाउँछौ
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजनाको बालाजु वितरण केन्द्रको यस्तो अवस्थाबारे थाहा पाए पछि कार्यालयका मुकुन्द भण्डारीले अब तत्कालै उनीहरूलाई त्यहाँबाट हटाइने बताए । उनले भने, मजदुरहरूलाई केही सहयोग होस भन्ने हिसाबले बस्न दिएका थियौ । तर उनीहरुल औँला दिँदा हातै निल्न खोजे अव तत्काल हटाइन्छ ।

Related posts

Leave a Comment