विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्ले काँग्रेसबाट उम्मेदवार

काठमाडौं । नेपाली काँग्रेसले महोत्तरी क्षेत्र नम्बर १ बाट नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक काफ्ले काँग्रेसका महासमिति सदस्य पनि हुन । इन्जिनियर एशोसियशनको उपमहासचिव र प्रजातन्त्रवादी इन्जिनियर एशोसियशनको संस्थापक महासचिव, पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति रहेका उनी हाल सोही कलेजमा प्राध्यापन गर्दै आएका छन् ।

Related posts

Leave a Comment