राजपा: उम्मेदवार सूचीको दोस्रो नम्बरमा गुण्डा नाइके ‘गोर्खाली डन’

काठमाडौं | स्थानीय तहको अन्तिम चरणमा भएको २ नम्बर प्रदेशको निर्वाचनमा मात्रै भाग लिएको मधेस आन्दोलनको एक शक्ति राष्ट्रिय जनता पार्टी नेपाल आगामी मंसिरमा हुने प्र्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा विना हिच्किचाहट भाग लिँदैछ ।

विभिन्न ५५ राजनीतिक दलहरुले निर्वाचन आयोगकमा सामानुपातिक सांसदहरुको सूची बुझाएका छन् । संघ र प्रदेशको निर्वाचनमा भाग लिने तयारीमा रहेको राजपाले पनि आइतबार निर्वाचन आयोगमा समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाएको छ ।

राजपा निकट स्रोतकाअनुसार बन्दसूचीको पहिलो नम्बरमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नाम रहे पनि दोस्रो नम्बरमा ‘गोर्खाली डन’ले परिचित राजु गोर्खालीको नाम रहेको छ ।

‘मधेसी समुदायको अधिकारका लागि लड्दै आएको र काठमाडौंले विभेद गरेको बताउँदै आएको राजपाले पहाडिया गुण्डा नाइकेलाई उम्मेदवार बनाएपछि राजपाकै नेता कार्यकर्तामा चिसो पसेको छ ।’

गोर्खाली ‘डन’ गत जेठमा पक्राउ परेका थिए ।

 

Related posts

Leave a Comment