हात्तीको आक्रमणबाट १० जनाको मृत्यु

अनिल पोखरेल, सप्तरी
कोसी टप्पु वन्यजन्तु आरक्षको हात्तीको आक्रमणमा परी सप्तरीमा मंगलबार एक महिलाको मृत्यु भएको छ ।
राति २ बजे कञ्चनरुप नगरपालिका ११ भुवनपट्टी टोलकी दुर्गीदेवी यादव को हात्तीको आक्रमणबाट मृत्यु भएको हो । हात्तीले घर भत्काई अन्नपात समेत नोक्सान गरी दुर्गीदेवीलाई गाउँ भन्दा २०० मिटर पर लगी विभत्स तरिकाले मारेको हो ।
शव पोस्टमार्टमका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर डिल्ली चौहानले बताए ।
सप्तरीमा हात्ती लगायतका जंगली जनावरको आक्रमणमा परी यसअघि कञ्चनरुप नगरपालिका ५ पथरी टोलकी ३५ वर्षीया मञ्जुदेवी , ४५ वर्षिया दुर्गीदेवी ,कञ्चनरुप नगरपालिका–१० बदगामाकी ७० वर्षीया फूलवादेवी यादव, हनुमाननगर सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खंग, बैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादव, कञ्चनरुप नगरपालिका–१० का सत्यनारायण यादवकी १३ वर्षीया छोरी सङ्गीता यादव लगायतको मृत्यु भइसकेको छ ।

Related posts

Leave a Comment