नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

वर्षासँगै पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक एकतर्फीरुपमा खुलेको छ । बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन् । वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार