१९ बर्षिय युवती बिहे भएकै महिना होटलको कोठामा झुण्डिएको अवस्थामा

पाल्पाकी एक महिला बिवाह भएको एक महिना नबित्दै होटलको कोठामा झुण्डिएर आत्महत्या गरेकी छन ।
ईलका प्रहरी कार्यलय बुटवलका अनुसार शनिबार बुटवलको बुर्तिबाङ होटलको कोठामा तानसेन ३ की १९ बर्षिय राधिका न्यौपानेले झुण्डिएर आत्महत्या गरेकी हुन ।
उनको फागुनको पहिलो हप्तामात्रै बिवहा भएको थियो ।
बुटवलकै गोलपार्कमा माईती भएकी न्यौपानेले होटलमा फरक नाम लेखाएर बिहान १० बजे होटल पसेकी थिईन ।
बिहान होटलको कोठामा पसेकी महिलाको साँझसम्म अत्तोपत्तो नभएपछि होटलका स्टाफले चेकजाँच गर्दा झुण्डिएको अवस्था भेटिएकी थिईन ।
प्रहरी मृतकका श्रीमानलाई झिकाएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।
उनी ३ दिन अघि मात्र माईती घरबाट हराएकी थिईन ।

Related posts

Leave a Comment