हिंसाको बाटो नसमात्न कांग्रेस नेतृत्वलाइ ओलीको चेतावनी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसाको बाटोमा नहिड्न कांग्रेस नेतृत्वलाई सुझाव दिएका छन् ।
दोलखामा विप्लव माओवादी र कांग्रेसको संयुक्त बैठक बसेर निर्वाचन बिथोल्ने निर्णय गरेको आफुले थाहा पाएको भन्दै ओलीले आफ्नो ईतिहास समाप्त पार्ने गरी कांग्रेस अगाडि बढ्नु उसका लागि नै घाटा हुने बताए ।
बिहीबार दाङको घोराहीमा नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले हिंसाको बाटो समातिरहेको विप्लव माओवादीका गतिविधिलाई प्रशय दिनेगरी कांग्रेस लागिपरेको भन्दै हिंसाको बाटो नसमात्न चेतावनी दिएका हुन् ।

दोलखामा विप्लव माओवादी र कांग्रेसको संयुक्त बैठक बसेर निर्वाचन बिथोल्ने निर्णय गरेको आफुले थाहा पाएको भन्दै ओलीले आफ्नो ईतिहास समाप्त पार्ने गरी कांग्रेस अगाडि बढ्नु उसका लागि नै घाटा हुने बताए । कानुनीराजको व्याख्या र विशलेषण गर्ने पार्टी कांग्रेसको नेतृत्वमा सरकार चलिरहँदा कानुन मिचेर प्रहरी प्रमुखलाई हटाउने निर्णय गरिनुले कांग्रेसले मुलुकलाई कता लैजान खोजेको छ ? भन्ने प्रश्ट भएको ओलीको भनाई छ ।

उनले भने ‘हिजो दोलखामा दुवै पार्टीको बैठक बसेर निर्वाचन बिथोल्ने निर्णय भएको कुरा समाचारमा आएको छ । यसले मलाई चिन्तित तुल्याएको छ । यसो गर्दा कांग्रेसको भविष्य अन्धकारमा पर्छ ।’ प्रदेश प्रहरी प्रमुखलाई किन हटाएको भन्ने प्रश्न गर्दै ओलीले पाँचनम्वर प्रदेशप्रमुख मिङमार लामालाई हटाउनुको कारणको खोजी गर्न जिल्लाबासीलाई आग्रह गरे । ‘हतियारसहित समातिएका मान्छेलाई मुद्दा नचलाई छाड्न भनेर निर्देशन दिएर सरकारले कस्तो परिपाटीको थालनी गर्न खोजेको हो ? प्रहरी प्रमुखले हतियारसहित समातिएको मान्छेलाइृ छाड्न मिल्न ? उनको प्रश्न थियो ।

हरेक ६÷६ महिनामा सरकार फरिने नियतिको अन्त्य गर्न गठबन्धन कायम गरिएको भन्दै अध्यक्ष ओलीले निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले सदाका लागि मुलुकको अस्थिरता अन्त्य गर्ने बताए ।

Related posts

Leave a Comment