सुनचाँदीको भाउ फेरी उकालो लाग्यो

सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँ बढेको छ । सुनको तोलाको ५६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा २ सय रुपैयाँ घटेर ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँ बढेको हो । यस्तै तोलामा ५ रुपैयाँ बढेर चाँदी तोलाको ७ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Related posts

Leave a Comment