राजस्व बिभागका चारलाख नक्कली स्टिकर सहित पाँच पक्राउ

 भारतमा छपाएर ल्याउंँदै गरेको नक्कली स्टिकर पक्राउ गरेको छ ।  सुनौली नाका हुंदै भारतीय नं.प्लेटका गाडीमा भित्रिएका चारलाख नक्कली स्टिकर रुपन्देहीको रोहिणी गाउँपालिका वार्ड नं.४ मा रुपन्देही प्रहरीले फेला पारी प्रहरीद्वारा नियन्त्रणमा लिएका हुन् ।

नक्कली स्टिकरसहित  गाडी र गाडीका चालकसहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए ।आन्तरिक राजश्व बिभागका ती स्टिकरहरु यूपी ४३ एई १६८२ नं को गाडीमा ल्याइएको हो । रुपन्देहीमा पक्राउ परेका व्यक्तिले दिएको सूचनाका आधारमा प्रहरीले धनुषा जिल्लामा रहेको साङगि्रला डिस्टिलरीका प्रबन्धक भवानीप्रसाद उप्रेती र उत्पादन अधिकृत कामेश्वर महतोलाई समेत पक्राउ गरेर सार्वजनिक गरेको छ । साथै सिद्धार्थनगर नगरपालिका वार्ड नं.१ बस्ने वर्षे ४२ को बिनोद सिंह,भारत महाराजगंज सुनौली बस्ने वर्ष १८ को समसुद्दिन मुसलमान र भारत नौतनवा बस्ने वर्षे ३२ को मेल्मुद्दगद्दी मुसलमानलाई समेत पक्राउ  परेका छन् ।

Related posts

Leave a Comment